+
+
Shares

शिक्षामन्त्री भन्छन्– त्रिविका नयाँ उपकुलपतिको पहिलो काम जग्गा फिर्ता गर्ने, अध्ययन बिदाको पैसा उठाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते २०:२६

१८ असार काठमाडौं । विश्वविद्यालयहरूको उपकुलपति नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सरकारका प्रवक्ता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार केही दिनमा उकुलपति नियुक्त हुनेछन् । ‘काम सकाएका छौँ । एक दुई दिनमा नयाँ उपकुलपति आउनु हुन्छ,’ उनले भने ।

त्रिविको उपकुलपतिको पहिलो काम जग्गा फिर्ता ल्याउने र अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकबाट तलब भत्ता फिर्ता गराउने रहेको उनले बताए ।

मन्त्री पोखरेलको संयोजकत्त्वमा उपकुलपतिको नाम सिफारिस गर्न समिति बनेको थियो । उक्त समितिले नाम प्रधानमन्त्री तथा कुलपति बालेन शाहलाई सिफारिस गरिसकेको छ ।

त्रिविको उपकुलपतिमा प्रा.डा. भोला थापा, प्रा.डा. दुर्गादत्त पौडेल र प्रा.डा. नन्दबहादुर सिंह उपकुलपतिका चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?