Comments Add Comment

यही सरकारमा राष्ट्रिय सहमति नबने संसद बिघटन हुन्छः बिजुक्छे

'भारतीय राजदूतलाई फिर्ता गर्नुपर्छ'

Narayanman-Bijukchhe

२० असार, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण बिजुक्छेले नेपालका लागि भारतीय राजदूत रणजित रायलाई फिर्ता गर्नुपर्ने बताएका छन् ।

राजदूत रायले नेपालमा राजदूतको भन्दा पनि गुप्तचरको काम गरेको आरोप बिजुक्छेले लगाए ।

रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको साक्षात्कारमा विजुक्छेले भारतले नेपालमा आफ्नो पहुँचकै आधारमा सरकार परिवर्तनको खेल खेलेको बताए ।

‘तत्काल सरकार परिवर्तन सम्भव’

बिजुक्छेंले भारतले संविधानप्रति देखाएको समर्थन सरकार परिवर्तन गरी आफ्नो पहुँच बढाउने स्वार्थ लुकेको भन्दै उनले भारतसँग मिलिरहेका बिदेशीहरुले समेत नेपालमा सरकार परिवर्तनको खेल सुरु गरेको बताए ।

तर, तत्काल सरकार परिवर्तन सम्भव नभएको उनले जिकीर गरे । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग गोली भरिएको बन्दुक भएको भन्दै उनले यहि सरकार राष्ट्रिय सहमतिको सरकार नबने संसद बिघटन गरी निर्वाचन घोषणा हुनसक्ने आशंका गरे । यो सरकार स्थानीय निकायको निर्वाचनसम्म नढल्ने उनले दाबी गरे ।

पैसाको चलखेलकै कारण नक्कली डाक्टर उत्पादन भएको र यसमा सरकारमा सामेल तथा अन्य ठूला राजनीतिक दलका ब्यक्तिहरुको समेत संलग्नता रहेकाले बेलैमा पहिचान गरी कारवाही गर्न नसके नेपालकै लागि घातक सावित हुने उनले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment