+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

नेपाल र भारतबीच व्यापार सन्धि नवीकरण हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २३ गते ६:०२

Nepal-India२३ असार, काठमाडौं । नेपाल र भारतबीच व्यापार सन्धि स्वतः नवीकरण हुने भएको छ । सन्धिको समय सात वर्ष थप्ने निष्कर्षमा दुवै देशका पदाधिकारी पुगेका छन् । ११ कात्तिकमा सन्धिको म्याद सकिँदै छ ।

नेपाल–भारत वाणिज्य सचिवस्तरीय इन्टरगभर्मेन्टल कमिटी (आइजिसी) बैठकमा दुवै पक्ष सन्धि स्वतः नवीकरणको पक्षमा पुगेका हुन् । भारतको नयाँ दिल्लीमा १५ असारमा बसेको आइजिसी बैठकमा दुई देशका वाणिज्य मन्त्रालयका अधिकारीहरूले सन्धि स्वतः नवीकरणको सहमति गरेका हुन् ।

बैठकमा नेपालबाट वाणिज्यसचिव ङइन्द्र उपाध्याय र भारतबाट वाणिज्यसचिव रिता टेओटियाले नेतृत्व गरेका थिए । ‘नेपाल–भारत व्यापार सन्धि नवीकरण गर्नेमा भारतीय अधिकारीहरूसँग हाम्रो सहमति भएको छ । अन्य कुनै आकस्मिकता आएनन् भने सन्धि स्वतः नवीकरण हुनेछ,’ वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैँजूले  भने, ‘भारत र हाम्रोबीचमा एकखालको समझदारी नै भएको छ । भारतीय पक्ष सकारात्मक छन् ।’अाजको नयाँ पत्रिकामा समाचार छ ।

सन्धिको दफा १२ को उपदफा २ मा कुनै देशले तीन महिनाअघिसम्म लिखित प्रस्ताव नगरे सन्धि स्वतः नवीकरण हुने उल्लेख छ । नवीकरणपछि २७ अक्टोबर ०२३ सम्म व्यापार सन्धि रहनेछ । प्रजातन्त्र पुनस्र्थापनासँगै ६ डिसेम्बर १९९१ मा नेपाल र भारतबीच व्यापार सन्धि भएको थियो ।

सन्धिमा तत्कालीन वाणिज्यमन्त्री गोपालमान श्रेष्ठ र भारतका तत्कालीन वाणिज्य राज्यमन्त्री पी चिदम्बरमले हस्ताक्षर गरेका थिए । पछिल्लोपटक सन्धि २७ अक्टोबर २००९ मा नवीकरण भएको थियो । नवीकरण गरिएको सन्धिमा नेपालका तर्फबाट तत्कालीन वाणिज्यमन्त्री राजेन्द्र महतो र भारतबाट तत्कालीन वाणिज्यमन्त्री आनन्द शर्माले हस्ताक्षर गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?