Comments Add Comment

प्रहरी बनेर ठगी गर्ने पक्राउ

Dipendra-Adhakari

२४ असार, काठमाडौं । उपत्यकाका बसपार्क  लगायतका स्थानहरुमा रहेका मोबाइल पसलहरुमा मोबाइल तथा रकम चोरी गरेको अभियोगमा दिपेन्द्र अधिकारी भन्ने नारायण बिक पक्राउ परेका छन् ।

सिन्धुपापालचोक, चौतारा ८ घर भर्इ हाल सितापाईला बस्ने २८वर्षीयको साथबाट चोरी गरी बोकेको सामसुङ ग्यालेक्सी जे सेभेन मोबाइल सेट बरामद भएको छ ।

उनी पटक-पटक बिभिन्न मुद्दामा पक्राउ परी धरौटीमा रिहा भएको पाइएको छ । अहिले उनी ठगी , चोरी , नागरिकता किर्ते तथा फाइनान्स ठगी मुद्दामा समेत संलग्नता देखिएको अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment