+
+
Shares

‘वेफिक्रे’को हरेक पोष्टरमा चुम्बन मात्र किन ?

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २६ गते १०:५१

ranbir and bani kisss
यस्तो लाग्दैछ, बलिउडका सफल निर्देशक आदित्य चोपडाले यसपटक चुम्बन नै चुम्बनले भरिएको चलचित्र बनाएका छन् । उनले नायक रणवीर सिंह र नायिका बाणी कपुरलाई यसपटक फ्रान्समा खुबै रोमान्स गर्ने मौका दिएका छन् ।

सायद, यसैले पनि होला आदित्यले निर्देशन गरेको चलचित्र ‘वेफिक्रे’मा चुम्बन नै चुम्बनले भरिएको छ । सार्वजनिक गरिएको नयाँ पोष्टरमा पनि रणवीर सिंह र बाणी कपुरले लिप किस गरिरहेका छन् ।

यस अगाडि सार्वजनिक भएका पोष्टरमा पनि यी दुइले विभिन्न स्टाइलमा चुम्बन गरेका थिए । यो चलचित्रमा बाणी र रणवीरले २४ वटा चुम्बनको दृश्य दिएको चर्चा छ । साथमा यी दुइले अन्तरंग दृश्य पनि दिएका छन् । लभस्टोरी चलचित्र बनाउन माहिर मानिएका आदित्यले यसपटक कस्तो प्रेमकथा बुनेका छन् भन्ने कौतुहलता दर्शकमा उब्जिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?