Comments Add Comment

यसकारण जुससँग औषधि सेवन गर्नु हुँदैन

jushयदि कुनैपनि क्याप्सुल औषधि पानीसँग निल्नुको साटो जुससँगै पिएर निल्ने बानी छ भने यस्तो पानी छाडिहाल्नुस् । अझ बच्चाबच्चीले पानीसँग औषधि खान नमान्दा जुससँग घोलेर खुवाउने चलन पनि हुन्छ ।

तर यसो गर्नु घातक हुने एक अध्ययनले देखाएको छ । जुससँग औषधि खाँदा त्यसले औषधिको प्रभावकारीता कम गर्ने शोधकर्ताको भनाइ छ ।

शोधकर्ताहरुका अनुसार अंगुरको रसले सरीरमा कतिपय औषधिहरु सरीरले सोस्ने क्षमता नै घटाइदिन् । त्यस्तै सुन्तला र स्याउको रसले पनि औषधि सरीरले सोस्ने क्षमतामा गिरावट ल्याइदिन्छ ।

क्यानडास्थित युनिभर्सिटी अफ वेस्टर्न ओन्टारियोका डाक्टर डेभिड बेलले गरेको शोध अनुसार अंगूरको रसले रक्तप्रवाहमा जाने औषधिको मात्रालाई कम गरिदिन्छ । स्मरण रहोस् अमेरिकन एकेडेमी अफ फेमिी फिजिसियनसका डाक्टरहरुले कोलेस्ट्रोल, उच्च रक्तचाप तथा मुटुको धड्कन सम्बन्धी समस्या भएका बिरामीहरुलाई अंगूरको जुस नपिलाउन चेतावनी दिने गरेका छन् ।

शोधकर्ताका अनुसार अंगूर, सुन्तला त स्याउको जुसले क्यान्सरको औषधि एटोपोफोस, बिटा ब्लकर औषधि एटेनोलोल तथा  एन्टी ट्रान्सप्लान्ट रिजेक्सन ड्रग सिस्लोस्पोरिन, सिप्रोफ्लोक्सासिन, लिवोफ्लोक्सासिन तथा इट्राकानाजोल जस्ता एन्टीबायोटिक औषधिको असर कम गरिदिन्छ ।

शोधमा सहभागी गराइएका मानिसहरुलाई कतिपयलाई अंगूरको जुस तथा कतिपयलाई सादा पानीसँग एलर्जीको औषधि फेक्सोफेनाडाइन खुवाइयो । त्यसपछि उक्त औषधिको प्रभावको जाँच गर्दा अंगुरको जुससँग औषधि खाएकाहरुको सरीरले पानीसँग औषधि खाएकाहरुको भन्दा केवल आधामात्र औषधि सोस्न सकेको पाइयो ।

शोधकर्ताहरुका अनुसार जुसमा रहेको तत्वले औषधि सरीरले सोस्ने क्षमतालाई प्रभावित गर्दछ । कतिपय रसायनहरुलेे औषधिको तत्वलाई प्रवाहित गराउने रगतको तत्वलाई नै बाँधिदिन्छन् भने कतिपय रसायनले ड्रग्स मेटाबोलिज्म इन्जाइम जसले औषधिलाई विच्छेद गर्ने गर्छन् त्यस्तो इन्जाइमलाई नै रोकिदिन्छन् ।

जुसमा यस्ता खालका रसायन हुने भएपनि शुद्ध पानीमा भने यस्तो खाले औषधि प्रतिरोधी रसायन हुँदैनन् । जसका कारण पानीसँग औषधि खानाले सरीरले पर्याप्त मात्रामा औषधि सोस्न सक्दछ । औषधिसँग पानी खाँदा एक घुट्कीमात्र होइन पूरा एक गिलास पिउनु उपयुक्त हुन्छ । किनकी यसले औषधि घुल्न सहयोग गर्दछ । अझ चिसो पानीको साटोे तातो पानी पिउनु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment