+
+

ताप्लेजुङ पहिरोबाट उद्धार गरिएका परिवारलाई सामूहिक आवासमा राखिने

रविन भट्टराई रविन भट्टराई
२०७३ साउन ४ गते ९:१४

samuhik-aabas४ साउन, ताप्लेजुङ । ताप्लेजुङको तापेथोकमा पहिरोमा फसेकालाई उद्धार गरी सोहि गाविसमा रहेको टारबारीमा सामूहिक आवास निमार्ण गरी राखिने भएको छ ।

तापेथोक ८ को सोत्लिम्माबाट उद्धार गरिएका ७ सहित १२ परिवारलाई सुरक्षित टारमा सारिएको र साहि स्थानमा अस्थाइ आवास निर्माण गर्न लागिएको जिल्ला विपत ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।

सो स्थानमा १२ घरका ५२ जना बस्नेछन् । सदरमुकाम बाट डेढ दिनको पैदल दुरीमा रेहको उत्त स्थानमा आवासका लागि सामान पुर्याउन समय लाग्ने भएकाले कञ्चनजंघा संरक्षण क्षेत्रले लेलेपको लुङथुङमा ग्रीन हाउसकालागि राखेको पाल अस्थायी आवास बनाउन पठाइएको छ ।

तापेथोक प्रहरी चौकिका असई प्रदिप राईको नेतृत्वमा  प्रहरी टोलि त्यही रहेको र गाउलेको सहयोगमा आवासलाई ब्यवस्थित गर्ने काम भईरहेको पाण्डेले बताएका छन् । कञ्चनजंघा संरक्षण क्षेत्रले लेलेप र तापेथोकमा रहेको आफ्नो कार्यालय परिसरमा बस्न भनेपनि प्रभावित परिवारले पशुचौपायका कारण वाहिर जान नसक्ने जनाएपछि नजिकैको सुरक्षित स्थान खोजिएको हो ।

गाविसका सचिवहरुलाई पनि गाउमै टेलिफोन लाग्ने ठाउमा बस्न प्रशासनले निर्देशन दिएको छ ।  साउन १ गते विहान रातीको पहिरोले गाउलाई तहसनहस बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?