+
+
Shares

क्रिश्चियन धर्म प्रचार गर्ने बालगृह सञ्चालक पक्राउ

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ साउन ५ गते ७:३६

Children House (Bal Griha)५ साउन, चितवन । चितवनमा विना दर्ता सञ्चालन भएको र क्रिश्चियन धर्म प्रचार गरेको भन्दै एक बालगृहका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुर उपमहानगरपालिका वडानम्बर १० ढुंगानाचोकबाट पिस नेपाल नामको बालगृह सञ्चालन गरिरहेका सञ्चालक प्रतिक सुनारलाई चितवन प्रहरीले पक्राउ गरेको हो ।

पटक-पटक गरिएको अनुगमनका क्रममा सुधार गर्न दिइएको निर्देशन अटेर गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

‘हामीले पटक-पटक अनुगमन गरेका थियौ, चितवनका प्रहरी उपरिक्षक बसन्त कुँवरले भने, ‘विगत दुई बर्षदेखि सञ्चालनमा रहे पनि दर्ता नभएको र जबरजस्ती बाइबलको किताब बालबालिकालाई दिइएको पुष्टि भएपछि पक्राउ गरेका हौं ।’

पिस नेपाल बालगृहमा कक्षा १ देखि ३ कक्षासम्म पढ्ने ८ जना बालबालिका छन् ।

मंगलबार दिउँसो ४ बजे पक्राउ परेका सुनारलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीमाथि थप अनुसन्धान समेत भैरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सुनारलाई मुलुकी ऐनको अदल महल अन्तरगत मुद्दा चलाउने तयारी समेत भएको प्रहरी उपरीक्षक कुँवरले बताए ।

चितवनका खुलेका अधिकांश बालगृहमा क्रिश्चियन धर्मको प्रचार हुने गरेको समाचार यसअघि अनलाइनखबरमा प्रकाशित भएको थियो ।

[sam_list]

चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले केही बालगृहहरु मापदण्ड विपरित सञ्चालन भएको, तोकिएको भन्दा बढी बालबालिका राखिएको, अनाथ बालबालिका भनेर बुबाआमा भएका बालबालिकालाई पनि राखिएको, बालगृह सञ्चालन निर्देशिका बमोजिम कागजपत्रहरु नभएको लगायतका समस्याहरु देखिएको बताए । उनले सबै बालगृहलाई नियम कानुनको दायरामा ल्याइने बताए ।

चितवन जिल्लामा ३२ बालगृह सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?