Comments Add Comment

कामदारको पहिलो रोजाइमा साउदी, मलेसियाको श्रम बजार धरापमा

Golf-country, Baideshik Rojgari
७ साउन, काठमाडौं । नेपालको ३५ प्रतिशत रेमिट्यान्सको स्रोत मुलुक मानिने मलेसिया नेपालीहरुको प्रमुख श्रम गन्तव्यबाट एकैपटक पहिलोबाट तेस्रो स्थानमा झरेको छ ।

मलेसियाको रोजगारीमा मन्दी देखिएसँगै धेरै नेपालीको रोजाइ साउदी अरेबिया र कतार बनेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार साउदी अरब नेपालीहरुको प्रमुख गन्तव्य बनेको हो ।

एक वर्षको अवधिमा १ लाख ३८ हजार ५ सय नेपाली युवा साउदीमा कामका लागि पुगेका छन् । पछिल्लो समयमा साउदी जाने युवाको संख्या उल्लेख्य रुपमा बढेको छ । आर्थिक वर्ष ०७१/०७२ मा साउदीमा ९८ हजार २ सय मात्रै युवा पुगेका थिए ।

नेपालीको दोस्रो रोजाइको गन्तव्य कतार कायमै छ । कतारमा बितेको आर्थिक वर्षमा १ लाख २९ हजार युवा पुगेका छन् । आर्थिक वर्ष ०७१/०७२ मा कतारमा १ लाख २४ हजार युवा पुगेका थिए ।

लामो समयदेखि नेपालीको मुख्य रोजगार गन्तव्यका रुपमा स्थापित भएको मलेसिया बितेको वर्ष तेस्रो गन्तव्यस्थल बन्यो । यो अवधिमा साउदीमा जम्मा ६० हजार ९ सय युवा कामका लागि गए । आर्थिक वर्ष ०७१/७२मा मलेसिया जानेको संख्या २ लाख २ हजार थियो ।
महिनामा औषत २० हजार कामदार जाने मलेसियामा अहिले ५ हजारमा झरेको छ ।

यो अवधिमा अघिल्लो वर्षभन्दा बितेको वर्ष मलेसिया जाने कामदारको संख्या १ लाख ४२ जना कम रह्यो । साउनदेखि नै मलेसिया जाने कामदारको संख्यामा निरन्तर गिरावट जारी थियो ।

employer's destination
चौंथो गन्तव्यका रुपमा युएई छ । युएईमा एक वर्षका बीचमा ५२ हजार ७ सय ९३ युवा पुगेका छन् । यस्तै कुवेतमा १० हजार ४९, कोरियामा ७ हजार ४ सय ३२, जापानमा ३ हजार ८ सय ४४, बहराइनमा ३ हजार १ सय ४६, ओमानमा ३ हजार ५९ र अफगानिस्तानमा १ हजार ४ सय १९ युवा कामका लागि गएका छन् ।

मलेसिया रोजाइमा किन परेन ?
अन्य देशमा जानेको संख्या बढे पनि मलेसिया र युएईमा जाने कामदार घटेका छन् । सरकारले मलेसिया जान अनिवार्यरुपमा फ्री भिसा र फ्री टिकटको हुनुपर्ने कारण मलेसिया जानेको संख्या घटेको म्यानपावर व्यवसायी बताउँछन् ।

मलेसियाले आˆना कम्पनीलाई तोकिएका जुनसुकै मुलुकबाट आफूलाई सहज हुने गरी कामदार ल्याउन सक्ने व्यवस्था गरेकाले पछिल्ला समयमा नेपाली कामदारको माग निकै घटेको वैदेशिक रोजगार व्यवसायीको तर्क छ । यस्तै मलेसियाले गत फेब्रुअरीदेखि विदेशी कामदारलाई लिन बन्द गरेको छ । त्यसका कारण पूर्वस्वीकृति लिएका नेपाली मात्रै अहिले विदेश गइरहेका छन् ।

मलेसिया जाने कामदार घट्नुमा त्यतिमात्रै कारण छैन् । पछिल्लो समयमा मलेसियामा भौतिक तथा आर्थिक असुरक्षा बढेको छ । मलेसियामा थुप्रै नेपालीहरु लुटेरा समूहको आक्रमणमा परेका छन् ।

यस्तै मलेसियामा काम गर्ने नेपालीहरु धेरै कम्पनीबाटै ठगिएका धेरै घटनाहरु सार्वजनिक भएका छन् । त्यसैकारण मलेसियाको स्थिति बुझेका युवा सकेसम्म मलेसिया नजाने मनस्थितिमा देखिने गरेको वैदेशिक रोजगार विभागका अधिकारीहरु बताउँछन् ।

मलेसिया जाने कामदार घट्नुमा पछिल्लो समयमा मलेसियामा छाएको आर्थिक मन्दी र मुद्राको अवमूल्यन पनि प्रमुख कारण हो । वर्षभरि नै मलेसियन रिंगेटको मुद्राको अवमूल्यन हुँदा पनि यो असर देखा परेको विज्ञहरुको भनाइ छ ।

नेपालले सबैभन्दा बढी रेमिट्यान्स रकम मलेसियाबाटै भित्र्याँछ । यो वर्ष मलेसिया जाने कामदारको संख्या घट्दा अब रेमिट्यान्समा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्नेछ । झण्डै ६ खर्ब रूपैयाँ वैधानिक रेमिट्यान्स भित्राइरहेको नेपाललाई मलेसियाको श्रम बजारबाट ३५ प्रतिशत रकम आउने तथ्यांक छ ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा रेमिट्यान्सको हिस्सा झण्डै २८ प्रतिशत छ । नेपालको ब्यापार घाटालाई रेमिट्यान्सले नै पूर्ति गर्दै आएको छ ।

चालु आर्थिक वर्षमा कामका लागि विदेशिनेको संख्यामा झण्डै ९६ हजारले घटेको छ । १८ प्रतिशतले विदेश जाने युवा घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment