Comments Add Comment

अन्नपूर्णमा नयाँ गन्तव्य मार्दी बेसक्याम्प (फोटो फिचर)

Tourism Photos (17)
अन्नपूर्ण हिमाली रेञ्ज ।

८ साउन, काठमाडौं । विश्वकै प्रख्यात पदमार्ग हो, अन्नपूर्ण सर्किट । वर्षेनी लाखौं पर्यटक अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ जान्छन् । अन्नपूर्ण सर्किटभित्र दर्जनौं ट्रेकिङ रुटहरु रहेका छन् । पर्यटकलाई ट्रेकिङका लागि मार्दी हिमाल बेसक्याम्प रुट नयाँ उत्कृष्ट वैकल्पिक मार्ग हुनसक्छ ।

यो ट्रेकिङ रुटबाट अन्नपूर्ण रेञ्ज, धौलागिरी, माछापुच्छ्रे, मनास्लु लगायतका हिमालहरु देखिन्छन् । साथै, हरियाली जंगल, लोकल बस्तीहरु समेत अवलोकन गर्न पाइन्छ । यो एक हप्तामा सम्पन्न हुने ट्रेकिङ रुट हो । अहिले यो रुट पर्यटकको पर्खाइमा छ ।

कास्कीको काँडेबाट यो ट्रेकिङ रुट सुरु हुन्छ । पोखराबाट काँडेसम्म गाडीमा जान सकिन्छ । काँडेबाट अष्ट्रेलियन क्याम्प, पोथाना हुँदै पितम देउराली पुगिन्छ । यहाँ खान बस्नका लागि सुविधा छ । पर्यटकले यहीँ रात विताउन पनि सक्छन् । त्यही दिन फरेष्ट क्याम्प पुगेर पनि बास बस्न सक्छन् ।

अर्को दिन फरेष्ट क्याम्पबाट ब्रेकफाष्ट खाएर लो क्याम्पतर्फ लागिन्छ । बतासे डाँडामा पुगेर लञ्च खाई त्यसैदिन हाइक्याम्प पुगिन्छ । यो ट्रेकिङ रुटको अन्तिम होटल पनि हाइक्याम्पमा छ । त्यस दिन यहीँ बास बस्नुपर्छ ।

अर्को दिन विहान पाँच बजे नै मार्दी बेसक्याम्पका लागि बाटो तताउनुपर्छ । बेसक्याम्प पुग्न करिव ४ घण्टाको यात्रा गर्नुपर्छ । मार्दी बेसक्याम्पमा चिसो हावा चल्ने हुँदा १ घण्टाजती बसेर पुनः हाइक्याम्प फर्किनु पर्छ ।

हाइक्याम्प फर्किएर आफुले छोडेका समानहरु बोकेर त्यसैदिन लो क्याम्प र्झन सकिन्छ । अथवा, हाइक्याम्पमै पनि बास बस्न सकिन्छ ।  हाइक्याप्पबाट सिदिङ फर्किएर रात बिताउन सकिन्छ । अर्को दिन सिदिङबाट गाडी चढेर पोखरा फर्किएपछि पदयात्रा सम्पन्न हुन्छ ।

हामी ६ जनाको टोलीले यो यात्रा पाँच दिनमा पुरा गर्‍यौं । हाम्रो टोलीमा तीन जना विदेशी, एक जना गाइड र ट्रेकिङ कम्पनी एक्सोडर्स हिमालयन एडभेञ्चर्सका सञ्चालक दीपक तामाङ सहभागी थियौं ।

कास्कीको काँडेमा रहेको अष्ट्रेलियन क्याम्प ।
कास्कीको काँडेमा रहेको अष्ट्रेलियन क्याम्प ।

१७ मार्चमा पोखराबाट सुरु भएको हाम्रो यात्रा १९ मार्चमा बेसक्याम्पमा पुग्यो । २१ मार्चमा हामी मार्दी हिमाल बेसक्याम्प पुगेर पुनः पोखरा फर्किएका थियौं । यो छोटो र उत्कृष्ट पदमार्गका रुपमा स्थापित हुन सक्छ ।

यात्राको क्रममा देखिने हिमाली तथा पहाडी दृश्यहरुले सबैको मन खिच्छ । यो रुट त्यति चलेको छैन् । तर, यहाँ खान बस्नका लागि सुविधा छ । यहाँका स्थानियहरु पर्यटकको पर्खाइमा छन्  ।

हामी पोथना पुग्दा त्यहाँ कार्यरत कर्मचारीहरुले मलाई फोटोग्राफर भनेर निकै राम्रो व्यवहार गरे । माथि फोन गरेर खान बस्न समेत निःशुल्क गरिदिए । मैले फोटो खिचेर यो रुटको प्रचार प्रसार गरिदिन्छ भन्ने उनीहरुलाई लाग्यो । यो रुटको व्यापक प्रचार प्रसारको खाँचो छ ।

म अब सेप्टेम्बर महिनामा घान्द्रुक पदयात्रामा जाँदै छु । त्यस्तै, अगष्टमा मनाङ हुँदै थोरङ्ला पास भएर मुस्ताङ जाने योजना छ ।

मैले पोखराबाट मार्दी बेसक्याम्पसम्म पुग्दा धेरै सुन्दर तस्बीरहरु क्यामेरामा कैद गर्न भ्याएँ । म एक्सोडर्स हिमालयन एडभेञ्चर्स कम्प्नीका लागि फोटो खिच्न त्यहाँ गएको थिएँ । मैले खिचेका तस्वीरमध्ये केही उत्कृष्ट तस्बीहरु यस प्रकार रहेका छन् ।

३४०० मिटर उचाईको बतासे डाँडामा सञ्चालित रेष्टुरेन्ट ।
३४०० मिटर उचाईको बतासे डाँडामा सञ्चालित रेष्टुरेन्ट ।

 

हाईक्याम्पबाट बिहान देखिएको अन्नपूर्ण साउथको दृश्य ।
हाईक्याम्पबाट बिहान देखिएको अन्नपूर्ण साउथको दृश्य ।
हाईक्याम्पबाट मार्दी बेस क्याम्प जाने बाटो ।
हाईक्याम्पबाट मार्दी बेस क्याम्प जाने बाटो ।
हाईक्याम्पबाट मार्दी बेसक्याम्प जाँदा बाटोमा देखिने दृश्य ।
हाईक्याम्पबाट मार्दी बेसक्याम्प जाँदा बाटोमा देखिने दृश्य ।
हाईक्याम्पबाट मार्दी बेसम्याम्प जाने बाटो । यहाँ स्थानिय व्यवसायीले तलबाट चिया ल्याएर पर्यटकलाई खुवाउने गर्छन् ।
हाईक्याम्पबाट मार्दी बेसम्याम्प जाने बाटो । यहाँ स्थानिय व्यवसायीले तलबाट चिया ल्याएर पर्यटकलाई खुवाउने गर्छन् ।
हाईक्याम्पबाट मार्दी बेसम्याम्प जाने बाटो ।
हाईक्याम्पबाट मार्दी बेसम्याम्प जाने बाटो ।

 

 हाईक्याप्पबाट देखिएको माछापुच्छ्रे हिमाल ।
हाईक्याप्पबाट देखिएको माछापुच्छ्रे हिमाल ।
अष्ट्रेलियन क्यम्पबाट पोथना जाने बाटो ।
अष्ट्रेलियन क्यम्पबाट पोथना जाने बाटो ।
मार्दी बेसक्याम्प पुग्नै लाग्दा भेटिने ठाउँ ।
मार्दी बेसक्याम्प पुग्नै लाग्दा भेटिने ठाउँ ।
 मार्दी बेसक्याम्प -४५०० मिटर), यहाँबाट ४ सय मिटर तल अन्नपूर्ण बेसक्याम्प रहेको छ ।
मार्दी बेसक्याम्प (४५०० मिटर), यहाँबाट ४ सय मिटर तल अन्नपूर्ण बेसक्याम्प रहेको छ ।
बेसक्याम्पमा खिचेको दृश्य ।
बेसक्याम्पमा खिचेको दृश्य ।
मार्दी बेसक्याम्पमा हिँडिरहेका गाइड रिपा तामाङ ।
मार्दी बेसक्याम्पमा हिँडिरहेका गाइड रिपा तामाङ ।

 

माछापुच्छ्रे हिमाल ।
माछापुच्छ्रे हिमाल ।
फरेष्ट क्याम्पमा सञ्चालित फरेष्ट क्याम्प गेष्ट हाउसकी सञ्चालिका मनु गुरुङ ।
फरेष्ट क्याम्पमा सञ्चालित फरेष्ट क्याम्प गेष्ट हाउसकी सञ्चालिका मनु गुरुङ ।

 

 फरेष्ट क्याम्पमा सञ्चालित तीन होटलहरु ।
फरेष्ट क्याम्पमा सञ्चालित तीन होटलहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment