+

बार्सिलोनाले जित्यो गाम्पर ट्रफी

२०७३ साउन  २७ गते ९:२६ २०७३ साउन २७ गते ९:२६
बार्सिलोनाले जित्यो गाम्पर ट्रफी

Luis Suarez and Lionel Messi२७ साउन, काठमाडौं । लिओनल मेस्सी र लुइस  स्वरेजको गोलको मदतमा सामडोरियालाई पराजित गर्दै बार्सिलोनाले गाम्पर ट्रफी जितेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब सामडोरियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाले १६ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । पाँच मिनेट लगतै मेस्सीले अग्रता दोब्बर पारे । २३ औं मिनेटमा पाहुना टोलीले एक गोल फर्कायो ।

तर, ३४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा बार्सिलोना ३-१ को अग्रता लिन सफल भयो ।
दोस्रो हाफको ७७ औं मिनेटमा सामडोरियाका बुडिमिरले गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

बार्सिलोना लिओनल मेस्सी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय