+
+

अर्थमन्त्रीले महराले भने- निजी क्षेत्र अर्थतन्त्रको इन्जिन हो, निराश बनाउँदिन

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २८ गते १६:३१

krishna bahadur mahara२८ साउन, काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री कृष्णबहादुर महराले सरकार निजी क्षेत्रलाई साथमै लिएर अघि बढ्न प्रतिवद्ध रहेकेा बताएका छन् । शुक्रबार उद्योगी/व्यवसायीहरुसँग भेट गर्दै महराले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘निजी क्षेत्र अर्थतन्त्रको इञ्जिन हो भन्ने हाम्रो धारणा हो । निजी क्षेत्रबिना राज्य अघिबढ्न सक्दैन । त्यसैले निजी क्षेत्रलाइ हतोत्साहित र निरश बनाइने छैन,’ उनले भने- ‘म सबैसँग सल्लाह लिएर नै अघिबढ्छु । तपाईहरु ढुक्क भएर कुनै द्धिविधा नराखी आफ्नो काम गर्नुहोस ।’

निजी क्षेत्रको उक्त टोलीले अर्थमन्त्रीलाई लिखित र मौखिक दुबै सुझाब पेश गरेका थिए । राजनितिक स्थायित्व बनाएर, मुलुकलाइ आर्थिक समृद्धिको दिशामा अघि बढाउने र्ने मन्त्री महराको भनाई थियो । यसअघि नै उनले पूर्वअर्थमन्त्रीहरु र पूर्वअर्थसचिवहरुसँग भेटघाट गरि सुझाब लिइसकेका छन् ।

अर्थमन्त्रीलाई भेट्न उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारका, चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, निर्माण ब्यबसायी महासंघका अध्यक्ष शरद गौचन, राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष दिल सुन्दर श्रेष्ठ, ब्यवसायीहरु रमेश गुप्ता, ज्ञानेन्द्रलाल श्रेष्ठ र दिनेश श्रेष्ठ लगायतको टोली अर्थ मन्त्रालय पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?