+
+
Shares

पोखरामा २६ नगर बसलाई रुट परमिट

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १ गते ७:३३

bus१ भदौ, पोखरा । केही महिनाअघि देखि नगर क्षेत्रमा बससेवा सञ्चालन गर्दै आएको बिन्ध्यवासिनी यातायात बस व्यवसायी समितिले थप २६ वटा बस सञ्चालन गर्न रुट परमिट पाएको छ ।

पुरानो पोखरा बस व्यवसायी समितिको विरोधका बाबजुद पोखराको नगर क्षेत्रमा तीनवटा नगर बस सञ्चालन गर्दै आएको बिन्ध्यवासिनीले थप २६ वटा बस सञ्चालन गर्ने परमिट पाएपछि अब समितिबाट सञ्चालन गर्ने बसको सङ्ख्या २९ पुगेको समितिका अध्यक्ष सोमबहादुर गुरुङले जानकारी दिए ।

यातायात व्यवस्था कार्यालय गण्डकी, पोखराले समितिलाई बस सेवा सञ्चालन गर्न रुट परमिट दिएको र कार्यालयले बस सञ्चालन गर्ने रुट पनि तोकिदिएको छ ।

पोखरा उपमहानगरपालिकामा वडाहरु थपिएसँगै समितिले अब सहरी तथा ग्रामीण क्षेत्रमा आफ्ना बस सञ्चालन गरी यात्रुलाई सुविधा दिने बताइएको छ । ३० सिट क्षमता रहेका ती बसमा यात्रुका लागि विभिन्न सुविधा पनि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?