+
+
Shares

रिलिज भयो हमालको ‘शकुन्तला’, काठमाण्डौमा भोलीदेखि लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ९ गते १०:४२

rajesh hamal and kisor khathiwada

छिनछिनमा चलचित्रको प्रदर्शन मिति परिवर्तन हुँदा दर्शक दोधारमा पर्ने अवस्थामा सिर्जना भएको छ । काठमाण्डौमा शुक्रबार मात्र चलचित्र प्रदर्शन हुने सिस्टम गत हप्ता रिलिजमा आएका चलचित्रका कारण तोडिएको छ । यसैले निर्माताले चलचित्रको मिति छिनछिनमा परिवर्तन गरिरहेका छन् ।

आज बिहिबारको दिनबाट देशभरका हलमा रिलिज हुने भनिएको चलचित्र ‘शकुन्तला’ अन्ततः काठमाण्डौ बाहिरका हलमा मात्र रिलिज भएको छ । भोलीबाट मात्र यो चलचित्र काठमाण्डौमा लाग्नेछ । नायक राजेश हमाललाई तेश्रो लिङ्गीको भूमिकामा दखाइएको यो चलचित्रमा किशोर खतिवडा र अनु शाह पनि मुख्य भूमिकामा छन् । चलचित्रलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् ।

आज परेको श्रीकृष्ण जन्माष्टमीको बिदा खानका लागि यसका निर्माताले भदौ ९ गते नै देशभर चलचित्र रिलिज गर्ने तयारी गरेका थिए । तर, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइको पहलमा यो चलचित्र भोलीबाट मात्र काठमाण्डौमा लाग्नेछ । यसैविच, चलचित्रलाई चलचित्र सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको छ । चलचित्र हेर्नका लागि १६ बर्ष तलका बालबालिकालाई बाबुआमाको साथ चाहिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?