Comments Add Comment

अर्थ मन्त्रालयमै अड्कियो उर्जा संकटकाल विधेयक

Ministry-of-Finance५ असोज, काठमाडौं । १० वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष कार्यान्वयनका लागि ल्याउनुपर्ने उर्जा संकटकाल विधेयक अर्थ मन्त्रालयमा अडि्कएको छ ।

८ फागुन २०७२ मा मन्त्रिपरिषदले पारित गरेको राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी कार्ययोजनाले तीन महिनाभित्र उर्जा संकटकाल विधेयक ल्याउने घोषणा गरेकोमा अहिले अर्थ मन्त्रालयमा अडि्कएको आजको कारोबार दैनिकमा समाचार छ ।

मन्त्रिपरिषद्ले कार्ययोजना पारित गरेको ७ महिना वितिसकेको छ तर हालसम्म मन्त्रिपरिषद्बाट पारित गरेर संसदमा समेत पुगेको छैन ।

ढिलो गरी गत असारमा मात्र उर्जा मन्त्रालयले विधेयकको मस्यौदा अर्थ मन्त्रालयमा पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment