Comments Add Comment

‘जागिरको लोभमा काठमाडौं बोलाएर एन्जिलाको हत्या’

हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै पद्मकन्याका छात्राहरु सडकमा

 

PK-Campus-Students

६ असोज, काठमाडौं । गोरखाकी छात्रा एन्जिला गिरीको हत्यामा संलगन व्यक्तिलाई हदैसम्म कारवाही गर्न माग गर्दै पद्मकन्या क्याम्पसका छात्राहरूले विहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पद्मकन्या इकाईको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो ।

गोर्खा क्याम्पसमा विएड दोस्रो वर्षकी छात्रा गिरीको काठमाडौं कीर्तिपुरमा मृत फेला परेकी थिइन् । उनको शंकरदेव क्याम्पसका छात्रा अविनाश भारतीले हत्या गरेको दावीसहित पीडित पक्षले प्रहरीमा उजुरी दिएका छन् । भारतीले काठमाडौंमा जागिर लगाइदिने भनेर काठमाडौं बोलाएको र बलात्कार पछि हत्या गरेको उजुरीमा उल्लेख छ ।

PK-Campus-Students-2

पद्मकन्याका छात्राहरुले भारतीलाई हदैसम्मको कारवाही गर्न माग गर्दै शंकरदेव क्याम्पस अगाडिबाट र्‍याली निकाले । प्रदर्शनमा सहभागीहरुले हत्यारालाई फाँसीको सजायँको व्यवस्था गर्नुपर्ने माग गर्दै चर्का नारावाजी गरेका थिए ।

र्‍याली पुतलीसडक हुँदै पद्मकन्या क्याम्पस पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी पद्मकन्या क्याम्पसकी अध्यक्ष बसन्ता भण्डारीले बलात्कारी र हत्यारालाई मृत्युदण्डको सजायँको व्यवस्था हुनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment