+
+
Shares

ओबामाको भिटो अमेरिकी संसदद्धारा अस्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १३ गते ९:३४

america१३ असोज, काठमाडौं । सन् २०११ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाका पीडित परिवारले साउदी सरकारविरुद्ध मुद्धा चलाउन मिल्ने एउटा विधेयकलाई अमेरिकी संसदले पारित गरेको छ ।

मुद्धा चलाउन नमिल्ने गरी ओबामाले प्रस्तावित विधेयकमाथि भिटो (विशेषाधिकार) प्रयोग गरेका थिए । आतंकवादको पक्षपोषण् गर्नेविरुद्ध न्याय अधिनियम (जास्टा) नामको विधेयक रोक्न ओबामाले निकै प्रयास गरेका थिए ।

तर, संसदले त्यसलाई अस्वीकार गरेको छ । अमेरिकी कंग्रेसमा भिटो अस्वीकार गर्ने पक्षमा ९७ र भिटोको पक्षमा एक मात्र मत परेको थियो ।

राष्ट्रपति ओबामाको कार्यालयमा उनले प्रयोग गरेको भिटो अस्वीकार भएको यो पहिलो घटना हो । ओबामाले आफ्नो कार्यकालमा १२ पटक भिटो प्रयोग गरेका थिए । तर, पहिलो पटक अस्वीकृत भएको छ ।

र, ओबामाले यसलाई गलत भनेका छन् । संसदको यो फैसलाले राष्ट्रपतिको सम्प्रभुताको अधिकारको अवधारणालाई अन्त्य गरेको उनले बताए ।

यो कानुनका कारण अमेरिकी फौज र अधिकारीहरु पनि विदेशमा कानुनी कारबाहीको दायरामा आउन सक्ने ओबामा चिन्ता छ ।

तर, नयाँ कानुनका समर्थकहरुले भने कूटनीतिक असमजस्यता भएपनि पीडित परिवारले न्यााय खोज्न पाउनु महत्वपूर्ण भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?