१७ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै राजधानीमा अघोषित कर्फ्यु लाग्यो । सडकमा नेपाली सेनाले स्थल गस्ती गरेको थियो भने आकाशमा हेलीकोप्टरले हवाइ गस्ती गरेको थियो ।
मुखर्जीको सवारी हुने रुटमा सडक ठप्प बनाइको थियो । पैदल यात्रीलाई समेत सडकमा हिँड्न दिइएको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिनामंगल, तीनकुने, वानेश्वर, माइतीघर हुँदै राष्ट्रपति भवन जाने क्रममा सडक ठप्प पारिएको थियो ।
मुखर्जीको सवारी हुनुअघि सेनाको एक टोलीले सडकमा गस्ती गरेको थियो । मुखर्जीको सवारीको समयमा सेनाको हेलिकप्टरले पनि स्कटिङ गरेको थियो । मुखर्जीको सवारी सवारी हुनुभन्दा करिब १० मिनेट अगाडि सवारी मन्त्रीले सडक खाली गराएका थिए ।
सडकमा यातायात कुरेर प्रतिक्षालयमा बसिरहेका सर्वसाधारणलाई पनि सुरक्षाकर्मीले हटाए । सडकमा पैदल हिँडिरहेका पैदलयात्रुहरुलाई मूल सडकमा निस्कन रोक लगाइएको थियो । कतिपय घरहरुका छतबाट मुखर्जीको सवारी हेर्न बसेकाहरुलाई समेत प्रहरीले हटाएको थियो ।
सडकका किनारमा रहेका पसल समेत बन्द गरिए । सडकमा प्रहरी, सशस्त्र प्रहरी बल र सेनासमेत तैनाथ गरिएको थियो । सडक खाली गराउन सुरक्षा निकायका उच्च अधिकारीहरुले पटक-पटक गस्ती गरेका थिए । घरका छतहरुमा समेत हाइ प्वाइन्ट निगरानीका लागि प्रहरी परिचालन गरिएको थियो ।
तस्वीर-कमल प्रसाई
यी पनि पढ्नुहोस्
कृष्णहरिले रुँदै भने- नेपाल सरकार मूर्दावाद ! नेपाल सरकार चोर हो !
मुखर्जीको विरोधः कालो झण्डाको साटो ‘लम्पसारवाद’ ट्रेन्डिङ !
मुखर्जीसँग भूपू गोर्खा सैनिकको गुनासोः हामीलाई पेन्सनमा विभेद भो !
प्रतिक्रिया 4