Comments Add Comment

महाअभियोगको पक्षमा नउभिए कांग्रेस बढारिन्छः ज्ञवाली

'ठूला दलबीच तिक्तता बढ्यो, राजावादी सल्बलाए'

२१ कात्तिक, अर्घाखाँची । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोगको पक्षमा नउभिए नेपाली कांग्रेस जनताबाटै बढारिने एमाले सचिव प्रदीप ज्ञवालीले चेतावनी दिएका छन् ।

Pradeep-Gyawaliरिपोर्टस क्लव अर्घाखाँची शाखाले खिदिम गाविसमा गरेको साक्षात्कार कार्यक्रममा ज्ञवालीले महाअभियोग प्रस्तावमा कांग्रेसको समेत समर्थन रहने विश्वास गरे । उनले ढिलै भए पनि कांग्रेसले महाअभियोगको पक्षमा निर्णय लिने सचिव ज्ञवालीको विश्वास छ ।

उनले एक बर्ष भित्र तीन तहको निर्वाचन गर्न नसके देश गम्भीर दुर्घटनामा फस्ने चेतावनी समेत दिए । अहिलेको परिस्थितिमा चैतमा स्थानीय निकायको निर्वाचन नहुने संकेत देखिएको उनले बताए ।

स्थानीय निकायको निर्वाचन नभए संविधान कार्यान्वयन नहुने र देशमा ठूलो संकट पर्ने उनको भनाइ छ ।

ठूला राजनीतिक दलहरुबीच बढ्दै गएको तिक्तताले राजावादी शक्तिहरु सलबलाउन थालेकाले सचेत हुनुपर्नेमा उनले जोड दिए ।

राष्ट्र र जनताको हितमा आवश्यक हुने संविधान सशोधनको निम्ती एमाले बाधक नहुने उनले प्रष्ट्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment