Comments Add Comment

कुलमान भन्छन्– अब नेपालीकै पैसाले दूधकोशी हाइड्रोपावर बनाइन्छ

तामाकोशीकै मोडेलमा ‘फास्ट ट्रयाक’ मा बन्ने ‘फेन्टास्टिक’ प्रोजेक्ट !

kulman-ghising२८ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब ७ सय मेगावाटको दूधकोशी हाइड्रोपावर अब तामाकोशीकै मोडेलमा नेपालीकै पैसाबाट बनाइने बताएका छन् ।

खोटाङका स्थानीय जनता र सबै नेपाली जनताको शेयर लगानीमा अघि बढाइने यो आयोजना निकै आकर्षक हुने घिसिङको दाबी छ ।

एशियाली विकास बैंकले यसको विस्तृत परियोजना बनाइरहेको र विद्युत प्राधिकरणले तामाकोशीमा जस्तै कम्पनीको ड्राफ्टसमेत तयार पारिसकेको घिसिङले जानकारी दिए ।

दोलखाको लामाबगरस्थित तामाकोशी जलविद्युत परियोजनाको अवलोकन गरेर खोटाङको दिक्तेल पुगेका कार्यकारी निर्देशक घिसिङले दूधकोशी परियोजनाबारे खोटाङे जनतालाई यसरी सुनाए–

dudhkoshi
दूधकोशी हाइड्रोपावर प्रोजेक्ट अहिले हामीले, विद्युत प्राधिकरणले नै हेरिरहेका छौं । यसलाई ‘फास्ट ट्रयाक’मा लैजाने भनेर सरकारकै कार्यक्रममार्फत ‘जनताको जलविद्युत’ का रुपमा अगाडि बढाउन हामीले कम्पनी स्थापनाको प्रक्रिया अघि बढाएका छौं ।

यसलाई तामाकोशीकै मोडेलमा अगाडि बढाउने भनेर कम्पनी दर्ता गराउन खोजिरहेका छौं । विद्युत प्राधिकरणको बोर्डले मन्त्रालयको निर्देशनमा कम्पनी खोल्ने भनेर निर्णय पनि गरिसकेको छ । कम्पनीको ड्राफ्ट तयार भइसकेको छ । अब चाँडै नै कम्पनी दर्ता हुन्छ ।

करीब ६ सयदेखि ७ सय मेगावाटमा यसको डिजाइन हुन्छ । यसका लागि कन्सल्टेन्टको नियुक्ति भइसकेको छ । एडीबीको फन्डिङ प्रोजेक्ट भएकाले फण्डको पनि त्यति समस्या छैन । एडीबीले अहिले विस्तृत डिजाइन गरिरहेको छ । यसको काम अब एकदमै ‘फास्ट ट्रयाक’ मा जान्छ ।

खोटाङका जनता एवं नेपाली जनता सबैको सेयर लगानीमा दूधकोशी हाइड्रोपावर प्रोजेक्ट अगाडि बढाउने योजना बनाएर हामी अगाडि बढेका छौं । यो रिजर्भवायर प्रोजेक्ट नेपालका लागि एकदमै जरुरी छ । रिजर्भवायर प्रोजेक्टमा पनि एकदमै राम्रो प्रोजेक्ट हो ।

यो परियोजना पुनस्थापनाको हिसाबले, बस्ती डुवानको हिसाबले एकदमै राम्रो प्रोजेक्ट भन्ने देखिएको छ । मैले त हेरेको छैन, तर एकदमै कम वस्ती डुवान हुन्छ रे । हाम्रो रिपोर्टमा त्यो उल्लेख छ ।

कमला डाइभर्सनले समस्या

दूधकोशीको यो प्रोजेक्टमा अलिकति समस्या के छ भने यहाँबाट निस्किएको पानी कमला डाइभर्सनभन्दा माथि नै झार्नुपर्छ भन्ने कमला डाइभर्सनको शर्त छ । त्यसैले यो प्रोजेक्टलाई अलिकति हामी प्लान नै गर्दैछौं ।

कमला डाइभर्सनभन्दा तल पानी झार्यो भने यो प्रोजेक्ट एकदमै प्रभावकारी हुन्छ । र, एकदमै फेन्टास्टिक प्रोजेक्ट बन्छ यो ।
कमला डाइभर्सनभन्दा माथि पानी फाल्यो भने टनेलको लेन्थ पनि एकदमै लामो हुने भएकाले यसलाई अलिकति समस्या पर्न सक्छ । तर, हामी उपयुक्त डिजाइन गरेर यसलाई अघि बढाउँछौं । यो आयोजना अब चाँडै नै अघि बढ्छ ।

यी पनि पढ्नुहोस् 

लोडसेडिङ हटाउने घिसिङलाई कार्यालय छिर्न नदिने कर्मचारीको चेतावनी

कुलमानलाई होइन, ट्रेड युनियनका ‘साँढे’ लाई कार्यालय प्रवेशमा रोक लगाऔं !

काठमाडौंलाई लोडसेडिङ मुक्त बनाउने कुलमानको योजना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment