+
+

हिमालय एअरलाइन्सको ‘इयर इन्ड स्पेशल’ अफर

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ३ गते १८:०२

himalayan-air-offer2३ कात्तिक, काठमाडौं । हिमालय एअरलाइन्सले श्रीलंकाको कोलोम्बो पुग्ने र श्रीलंका घुम्नेका लागि ‘इयर इन्ड स्पेशनल’ अफर ल्याएको छ । छुट्टीहरुको मौसम क्रिसमस र नयाँ वर्ष-२०१७ तथा जाडोको बिदालाई मध्यनजर गरेर योजना ल्याइएको हो ।

एअरलाइन्सले यो अफरमा आकर्षक दोहोरो टिकट दर प्रतिव्यति ३९ हजार ५ सय देखि सुरु हुने जनाएको छ । अफरबाट नेपाल र श्रीलंकाबीच पर्यटन प्रवर्द्धन गर्न तथा व्यापार र लगानीको अवसर बढाउन सहयोग पुग्ने अपेक्षा राखेको छ ।

यो टिकट दरमा एअरपोर्ट ट्याक्स, प्रशासनिक र ट्राभल एजेन्टको शुल्क भने जोडिएको छैन । विशेष अफर सदुपयोग गरेर रमाउन चाहानेका लागि मंसिर १ गतेदेखि पुस १६ गतेसम्म टिकट खरीेद गरिसक्न आग्रह गरिएको छ ।

यो टिकटबाट मंसिर १ गतेदेखि चैत १८ सम्ममा कोलोम्बो यात्रा गरीसक्नुपर्ने छ । अफर लागू भएसम्म यात्रुहरुलाई प्रतियात्री ३० किलोको सामान बोक्न पाउने सुविधा दिइनेछ ।

एअरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले भने, ‘छुट्टीको मौसमका लागि आफ्ना सम्पूर्ण ग्राहकहरुमा यो अफर गर्न पाउँदा हामी निकै नै हषिर्त छौं । हामी विश्वस्त छौँ कि अफरले यात्रुहरुलाई कोलोम्बोको वविधता र विश्ािष्ट सांस्कृतिक सम्पदाको अवलोकन गर्दै नयाँ गन्तब्यमा रमाउने अवसर मिल्नेछ ।’

ग्राहकहरुले उक्त सेवाको टिकट एअरलाइन्स्को सेल्स र रेजर्भेशन कार्यालय अथवा आफूलाई उपयुक्त लागेको ट्राभल एजेन्टहरुबाट बुक गर्न सक्नेछन् ।

himalayan-air-offer

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?