
५ मंसिर, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको दशौं वाषिर्क साधारणसभा पोखरास्थित होटल ग्राण्डमा सम्पन्न भएको छ । वाषिर्क साधारण सभाबाट आर्थिक वर्ष २०७२/०७३ को मुनाफाबाट लाभांसबापत ३४ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त ३४ प्रतिशत बोनस सेयर तथा हाल बाँडफाँडको क्रममा रहेको ५० प्रतिशत हकप्रद सेयर वितरण पश्चात हुन आउने चुक्ता पूँजी १ अर्ब ५४ करोड २७ लाख १६ हजार २ सय ६० रुपैयाँको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने पनि निर्णय गरेको छ ।
सभामा वाषिर्क प्रतिवेदन तथा प्रस्तावहरु सञ्चालक समितिका अध्यक्ष मीनप्रसाद गुरुझले र वाहृय लेखापरीक्षकको नियुक्ति सम्बन्धमा लेखा समितिका संयोजक तथा सञ्चालक श्री चुडामणि कडेलले प्रस्ताव प्रस्तुत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4