+
+
Shares

चन्दननाथ मन्दिरको मूर्ति तत्काल खोज्न सँस्कृति मन्त्रालयको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १३ गते १८:०४
chandan-nath-temple-jumla
जुम्लास्थित चन्दननाथ मन्दिर । तस्वीर: भरतबन्धु थापा/अनलाइनखबर

१३ मंसिर, काठमाडौं । जुम्लास्थित प्रसिद्ध धार्मिकस्थल चन्दननाथ बाबा मन्दिरबाट चार हात लामो दतात्रयको मूर्तिसहित बहुमूल्य बस्तु चोरी भएको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डेयन मन्त्रालयले चासो व्यक्त गरेको छ ।

मन्त्री जीबनबहादुर शाहीले जुम्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई तत्काल घटनाको अनुसन्धान गर्न र दोषि पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएका छन् ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार मन्त्री शाहीले घटनाको विषयमा पुरातत्व विभागलाई समेत आवश्यक निर्देशन दिइएको छ ।

यसैगरी मूर्ति चोरी भएको विषयलाई उच्च प्राथमिकताका साथ खोजबिन र अनुसन्धान गर्न समेत मन्त्री शाहीले गृहमन्त्रालयलाई अनुरोध गरेको प्रवक्ता उपाध्यायले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?