नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले चलचित्र निदेृशन गर्ने भनेकै लामो समय भयो । नायक भूवन केसीले चलचित्र निर्देशन गरिसके भने कैयौ कलाकार निर्माता पनि बनिसके । तर, हमालले भने चलचित्र निर्देशन गर्छु भन्न छाडेका छैनन् ।
उनले चलचित्रको कथा तयार भएका, छायांकन नै सुरु गर्न लागेका जस्ता समाचार पनि सार्वजनिक भएका थिए । हमालले यो विचमा बिहे गरे तर चलचित्रको छायांकन सुरु गर्न सकेका छैनन् । एक कार्यक्रममा पुगेका नायक राजेश हमाललाई पत्रकारले चलचित्र निर्देशन कहिले गर्नुहुन्छ भनेर सोधे ?
हमालले यसको जवाफ दिदै भने-‘बुढै भएपछि बिहे गरेँ भने चलचित्र निर्देशन पनि गर्छु ।’ केहि बर्षअघि एउटा सोच बनाएर स्त्रिmप्ट लेखेको जानकारी दिँदै हमालले अहिले चलचित्र निर्माणको सोचमा समेत परिवर्तन आएको बताए ।
‘हाम्रो सोच अब काम लाग्दैन, अब नयाँ सोच अनुसार चलचित्र बनाउनुपर्छ । त्यसकारण केहि समय पर्ख र हेरको स्थितीमा छु ‘ उनले भने । छोटो चलचित्रप्रति आफ्नो लगाब भएपनि लामो समय फिचर चलचित्रमै काम गरेकाले फिचर चलचित्र नै बनाउने उनको भनाई थियो ।
निर्देशन अहिले पनि उनलाई जटिल र जिम्मेवार विधा हो जस्तो लाग्छ । त्यसकारण पनि हत्तपत्त आँट नगरेको उनको भनाई छ ।
प्रतिक्रिया 4