+
+
Shares

एक सातामा नेप्सेले गुमायो ५६ अंक, ‘डब्लु’ प्यार्टनको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २४ गते १७:११

nepse-weekly२४ मंसिर, काठमाडौं । गत साताको विहीवारको तुलनामा नेप्सेले यस विहीवारसम्ममा ५६ अंक गुमाएको छ । गत साताको विहीवार १६ सय बिन्दुमा रहेको नेप्से परिसुचक यस साताको विहीवार १५ सय ४४ बिन्दुमा आइपुगेको छ । नेप्से अहिले आइपुगेको १५ सय ४४ को स्थानमा गत सोमवार पनि रहेको थियो ।

त्यसपछि थोरै बढेको नेप्सेले यो विन्दुमा सामान्य टेवा पाउने देखिन्छ । यसोभएमा नेप्सेको रेखाचित्रले ‘डब्लु’ आकृति निर्माण गर्नेछ । ‘डब्लु’ आकृती बनेमा बजार केही समय बढ्ने छ । १ हजार ६ सय बिनदु नेप्सेको लागि ब्रेक इभन बिन्दु बन्ने छ । यो रेखा काँटे मात्र बजार थप बढ्ने निश्चित हुने छ ।

बजारमा अल्पकालिन लगानीकर्ताहरु (ट्रेडर्स) हरु सक्रिय भइरहेकोले बजार केही अस्थिर पनि देखिएको छ । गत साताको आइतवार १४ सय ६९ बाट उकालो लागेर १६ सय बिन्दु पुगेको नेप्से अहिले केही घटबढ सहित पुनः १५ सय ४४ को विन्दुमा आइपुगेको हो ।

गत साताको तुलनामा यस साता सबैभन्दा धेरै घट्ने सुचकमा बीमा समुह रहेको छ । यो समुहमा ३ सय ३७ बिन्दुले गिरावट आएको थियो । गत साताको विहीवार बीमा समुहको सुचक ७ हजार ७ सय २ रहेकोमा यस साता ७ हजार ३ सय ६५ मा आइपुगेको छ । त्यस्तै, बीमापछि बिकास बैंक, जलविद्युत् , होटेल समुहको परिसुचक उच्च अंकले घटेका छन् ।

यस साता नेप्सेमा १ सय ५४ कम्पनीहरुको तीन अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साता बजार २ सय अंक उकालो लाग्ने क्रममा रहेकोले कारोबार रकममा पनि वृद्धि भएको थियो । तर यस साता भने कारोबार रकममा गत साताको तुलनामा ४३ प्रतिशतले कमि आएको छ । गत साता पाँच अर्ब ८३ करोड रुपैयाँको सेयर खरिद बिक्री भएका थिए ।

साताको पहिलो दिनयता भएको सूचकको उतार चढावः

nepse-weekly-2
यस साता कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा छ । कम्पनीको ३५ करोड ४४ लाख ७० हजार रुपैयाँको सेयर किनबेच भएको छ । विहीवारसम्म लगानी गरेकाले कम्पनीले घोषणा गरेको ६० प्रतिशत बोनस सेयर पाउने भएपछि पनि गत साता यस सेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिन्थ्यो । कम्पनीले नया सेयर (एफपीओ) जारी गर्ने प्रस्ताव समेत पुस ८ गते हुने साधारण सभामा लैजाने भएको छ ।

बजारमा साताभर कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको तीन लाख १४ हजार कित्ता सेयर किनबेच भएको हो । कारोबार संख्याको आधारमा पनि सिद्धार्थ बैंक अग्रस्थानमा छ ।

केही दिनअघि मात्रै बैंकले ४८.७५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । यस साता मात्रै बजारमा ४५ लाख ४२ हजार कित्ता सेयर थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?