Comments Add Comment

युएईमा प्रधानमन्त्रीको तस्वीरको गलत प्रचार गर्नेलाई कारबाहीको तयारी

prachanda (6)

८ माघ, युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को युएई भ्रमणको समयमा गरिएको गलत प्रचारमा संलग्न नेपालीलाई कारबाही गर्ने तयारी भएको छ ।

प्रधानमन्त्री प्रचण्डको औपचारिक भ्रमणको समयमा लिइएको भिडियोबाट ‘क्रप’ गरेर सामाजिक सञ्जालमा गरिएको अनर्गल प्रचारप्रति दुतावासले खेद ब्यक्त गरेको छ । साथै सम्बन्धित निकायसँग समन्वय गरेर कारबाही गर्ने तयारी गरेको युएईका लागि कार्यवाहक राजदूत नेत्रबहादुर टन्डनले जानकारी दिए ।

नेपाली दूतावास आबुधाबीले शुक्रबार युएईको रसअलखेमामा आयोजना गरेको कार्यक्रममा राजदूत टन्डनले यहाँ कार्यरत नेपालीहरुले त्यसो गरेको भन्ने जानकारीमा आएको बताए । प्रधानमन्त्रीको राजकीय भ्रमणमा हुँदै नभएको बिषयलाई गलत रुपमा व्याख्या गर्दै सामाजिक सञ्जालमा भाईरल गर्ने काम भएको भन्दै उनले यो गलत भएको बताए ।

‘गलत गर्नेलाई कानुन अनुसार कारबाही हुन्छ, कारबाही हुनु अगावै सम्बन्धित ब्यक्तिले पूर्व तयारी थाले हुन्छ,’ राजदुत टन्डनले भने ।

आफू कुनै राजनीतिक दल वा समूहसँग नडराउने भन्दै उनले गलत गर्नेलाई कारबाही गर्ने बताए । त्यसरी गलत गर्नेलाई कस्तो कारबाही हुनसक्ने तोकेर नभने पनि डिपोर्टसम्म हुन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment