+
+
Shares

‘लुट २’को सेन्सर पास, निर्देशकले दिएका थिए सर्वोच्च जाने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २४ गते १५:१३


‘लुट २’का निर्देशक निश्चल बस्नेतले केहि दिन अगाडि आयोजित पत्रकार सम्मेलनमा यदि चलचित्र सेन्सर बोर्डले संवाद र दृश्य काटेर पनि चलचित्रलाई ‘एडल्ट सर्टिफिकेट’ दिएको खण्डमा सर्वोच्च जाने बताएका थिए ।

यसैले पनि चलचित्रलाई सेन्सर बोर्डले कसरि हेर्छ भन्ने कौतुहलता धेरैमा थियो । चलचित्रको आइतबार सेन्सर भएको छ । सेन्सर बोर्डले चलचित्रलाई ‘पीजी’ सर्टिफिकेट दिएको छ ।

चलचित्रमा समावेश केहि दोहोर अर्थ लाग्ने र समाजमा अश्लिल मानिने केहि दृश्य काटेर सेन्सरले ‘पीजी’ सर्टिफिकेट दिएको निर्माणपक्षले जानकारी दिएको छ । अब, यो चलचित्र हेर्नका लागि १६ बर्ष तलका बालबालिकाले अभिभावकलाई साथमा लैजानु पर्नेछ ।

चलचित्रका केहि दृश्यका कारण सेन्सरले ‘पीजी’ सर्टिफिकेट दिएको हो । निश्चल बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई , सौगात मल्ल, विपिन कार्की, ऋचा शर्मा लगायतका कलाकारको अभिनय छ । फागुण १३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?