Comments Add Comment

रातारात विद्यार्थी भर्ना गर्न खोजेपछि बुटवल क्याम्पसमा झडप

तीन विद्यार्थी नेता घाइते, क्याम्पसका कर्मचारी कार्यालयमै थुनिए

१ फागुन, रुपन्देही । विद्यार्थी भर्नासमबन्धी विवादका कारण बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनबीच झडप भएको छ ।

एमालेनिकट अनेस्ववियु र अरु विद्यार्थी संगठनबीच भएको झडपमा अनेरास्ववियु क्रान्तिकारीका सचिव गणेश खनालसँगै नेविसंघका ऋषिराम भण्डारी र लक्ष्मण अधिकारी घाइते भएका छन् ।

अनेरास्ववियुले शनिबार राति प्रशासन खोलेर नयाँ विद्यार्थी भर्ना गर्न खोजेपछि झडप भएको नेविसंघका कार्यबाहक सभापति कृष्ण खनालले जानकारी दिए ।

झडपपछि नेविसंघ र क्रान्तिकारीले क्याम्पसमा तालाबन्दी गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते हुने स्ववियु निर्वाचनका लागि शुक्रबारसम्म भर्ना भएका विद्यार्थीलाई मात्र मतदाता नामावलीमा समेट्ने भएपछि अनेरास्ववियुले रातारात नयाँ विद्यार्थी भर्ना गर्न खोजेको खनालले बताए ।

क्याम्सका कर्मचारी भित्रै थुनिए

विद्यार्थीले ताला लगाएपछि क्याम्पसको दर्ता चलानी विभागकी कल्पना पाण्डे र क्याम्पसका पूर्वप्रमुख बुद्ध बस्नेतलगायतका प्रशासन कार्यालयमै थुनिएका थिए ।

क्याम्पस प्रमुख शखिसरण सुवेदीले रातमा क्याम्पस खोलेको स्वीकारेका छन् । तर उनले क्याम्पसमा विद्यार्थी भर्नाको कार्यक्रम नभई स्ववियु निर्वाचन तयारीको कामका लागि भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment