
९ फागुन, काठमाडौं । सरकारले चुनाव घोषणा गरेलगतै मधेसी मोर्चाले दबावमुलक आन्दोलनको घोषणा गरेको छ । यद्यपि उसले संविधान संशोधन भएमा स्थानीय चुनावमा सहभागी हुनसक्ने संकेत दिएको छ ।
चुनाव घोषणाका लागि सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसिरहेका बेला मधेसी मोर्चाका नेताहरु केहीसमय मिटर पर तमलोपा कार्यालयमा आन्दोलनबारे छलफल गरिरहेका थिए ।
सरकारले चुनावको मिति घोषणा गरे लगतै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
मोर्चाले भोलि १० गते मसाल जुलस निकाल्ने र पर्सि ११ गते मधेस बन्द गर्ने घोषणा गरेको छ । १२ गतेदेखि १५ दिनसम्म गाउँ, नगर सदरमुकामहरुमा भण्डाफेर अभियान चलाउने निर्णय भएको रामसपा महासचिव केशव झाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4