+

विश्व टिम टेबलटेनिस च्याम्पियनसिपको दक्षिण एसिया छनोटमा नेपाल शीर्ष स्थानमा

२०८२ साउन  १४ गते २३:०१ २०८२ साउन १४ गते २३:०१
विश्व टिम टेबलटेनिस च्याम्पियनसिपको दक्षिण एसिया छनोटमा नेपाल शीर्ष स्थानमा

१४ साउन, काठमाडौं । नेपाली पुरुष टोली विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि भइरहेको दक्षिण एसियाली छनोट प्रतियोगिताको पहिलो दिन बुधबारको खेल सकिँदा शीर्ष स्थानमा छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपालले ३ खेल खेलेकोमा सबैमा जित रच्यो । ५ टिम सहभागी राउन्ड रोविन लिगमा नेपालले श्रीलंकालाई ३–० तथा माल्दिभ्सलाई ३–१ र बंगलादेशलाई ३–२ को सेटमा पराजित गर्‍यो ।

नेपालले अन्तिम दिन बिहीबार भारतको सामना गर्ने छ । नेपाली टोलीमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहाल रहेका छन् ।

दोश्रो स्थानमा रहेको भारतले श्रीलंका र बंगलादेशलाई समान ३–० को नतिजामा हरायो । भारतले नेपालसँगै माल्दिभ्ससँग पनि खेल्न बाँकी छ ।

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिलामा पनि ३ खेल खेलेको नेपालले २ मा जित र १ मा हार बेहोर्‍यो ।

माल्दिभ्स र बंगलादेशलाई ३–० ले पाखा लगाएको नेपाल श्रीलंकासंग २–३ ले चुक्यो ।

नेपाली टोलीको खेलाडीमा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेल रहेका छन् । पाँचै टिम सहभागी महिलमा पनि नेपालले बिहीबार भारतको सामना गर्ने छ ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा भुटान र पाकिस्तानबाहेक नेपालसहित ५ राष्ट्र ३४ खेलाडी सहभागी छन् ।

भारतबाट १० तथा नेपाल, श्रीलंलका, बंगलादेश र माल्दिभ्सबाट समान ८–८ खेलाडी सहभागी छन् ।

राउन्ड रोविन लिगमा शीर्ष स्थानमा रहने पुरुष/महिला टोली इङल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट हुने छन् ।

विश्व टिम टेबलटेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय