+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राष्ट्रिय सेवा दललाई देशभर विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

आवश्यक प्रवन्ध मिलाउन योजना आयोग र अर्थ मन्त्रालयलाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २३ गते १३:४०

२३ फागुन, ललितपुर । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सेवा दललाई विस्तार गरेर देशभरका विद्यालय तहसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । उनले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र अन्य सम्बन्धित सरोकारवाला सरकारी कार्यालयहरुलाई समेत सेवा दलको तालिम बिस्तारका लागि आवश्यक पहल गर्न निर्देशन दिएका छन् ।

राष्ट्रिय सेवा दल एक स्वयमसेवक दस्ता हो जसलाई नेपाली सेनाले तालिम दिएर विपतको बेला आवश्यकताअनुसार परिचालन गर्दछ ।

राष्ट्रिय सेवा दल सिनियर डिभिजन १२ औं ब्याच अन्तिम दीक्षान्त कवाज कार्यक्रमलाई सोमबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘शैक्षिक क्यालेण्डरहरुलाई समेत असर नपर्ने गरी विद्यालय तथा उच्च माध्यमिक विद्यालयहरुमा सञ्चालन गर्नुपर्ने यस किसिमको विशिष्ट प्रकृतिको तालिमको कठिनाई र सीमितताका बारेमा म पूर्ण जानकार छु । ती अवरोधहरुलाई चिर्दै यस तालिमको दायरालाई थप फराकिलो पार्ने सुविचारित र स्पष्ट योजनाहरुको कार्यान्वयनका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता पनि यस अवसरमा व्यक्त गर्न चाहन्छु ।’

७५ जिल्लामा तालिम बिस्तारका लागि सोहीस्तरको भौतिक पूर्वाधार जनशक्ति र बित्तीय स्रोतको आवश्यकता पर्ने भन्दै उनले सरोकारवाला निकायलाई तालिम बिस्तारका लागि प्रस्तावित योजनाहरुमा गम्भीरतापूर्वक कार्य गर्न गराउन निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र अन्य सम्बन्धित सरोकारवाला सरकारी कार्यालयहरुलाई समेत म यसै अवसरमा सेवा दलको तालिम बिस्तारका लागि प्रस्तावित योजनाहरुमा गम्भीरतापूर्वक कार्य गर्न गराउन निर्देशित गर्दछु, कि मानव साधनमा गरिने खर्च लगानी हो, खर्च होइन ।’

चुस्त नीति र दक्ष जनशक्तिको अभावमा विकास निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अब जनशक्ति निर्माणका लागि आवश्यक सबै कदम चाल्ने घोषणा गरे । युवा शक्ति राष्ट्र निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरुकै परिचालनबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताए ।

प्रधानमन्त्री प्रचण्डले देश विकासका लागि युवा शक्ति निर्माणमा नेपाली सेनाको राष्ट्रिय सेवा दलले पुर्‍याएको योगदानको पनि खुलेर प्रशंशा गरे ।

उनले युवाहरुलाई लगनशील, कर्मठ र देशभक्त बनाउन राष्ट्रिय सेवा दलले पुर्‍याउँदै आएको योगदानलाई सरकारले उच्च सम्मान गरेको बताए ।

कार्यक्रममा क्याडेट छात्रछात्राहरुले विभिन्न कला र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?