Comments Add Comment

वन संरक्षणबाटै कंकाली वनले कमायो १ करोड


२६ फागुन, चितवन । पुर्वी चितवनको कंकाली सामुदायिक वनले वन संरक्षण गरेर राम्रो आम्दानी गर्न सफल भएको छ । वनले वन संरक्षण गरेर १ करोड ७ लाख २९ हजार १सय ८३ रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

वन समुहको १८ औ वार्षिक साधारण सभा एवम् सातौ अधिवेशनमा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वन समुहका अध्यक्ष राममणि न्यौपानेले वनले गजबको आम्दानी गरेको बताए ।

नाङ्गो कंकाली डाडालाई संरक्षण गरी आयआर्जन र पर्यापर्यटनको विकास गरेर वनले १ करोड बढी आम्दानी गर्न सफल भएको उनले बताए । जसमा वन पैदावार बिक्रीबाट ५१ लाख ५६ हजार ६ सय ६९ रुपैयाँ रहेको छ भने पर्यापर्यटन सेवाबाट १५ लाख ४२ हजार ७ सय ७८ रुपैयाँ आम्दानी गर्न सफल भएको वन समुहका सचिव पुन्य प्रवाह अधिकारीले बताए ।

वनले पर्यटक स्थल, वनभोज स्थलबाट सबैभन्दा राम्रो आम्दानि गर्न सफल भएको छ । ७ सय ४९ हेक्टर जमिनमा फैलिएको बनले खैरहनी नगरपालिका र बिरेन्द्रनगरको केहि क्षेत्र ओगटेको छ ।

वनले वैज्ञानिक वन व्यवस्था कार्ययोजना अनुरुप पिकनिक क्षेत्र र वन क्षेत्रलाई विषेष रुपमा संरक्षण गर्दै आएको छ । यसैविच वन समुहका अध्यक्ष राममणि न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारण सभामा कोषाध्यक्ष डिल्लीराम सापकोटाले आर्थिक प्रतिवेदन र सचिव पुन्य प्रभा अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम जिल्ला वन कार्यलय चितवनका इलाका प्रमुख इन्द्रमणि सेढाईको प्रमुख अतिथि रहेका थिए । सेढाईले बैज्ञानिक वन व्यवस्था अनुरुप वन संरक्षण गरेकोमा प्रशंसा गरेका थिए ।

उनले पर्यापर्यटनको विकास गर्दै आयआर्जन तर्फ उपभोक्तालाई संक्रीय गराउदै वन संरक्षणमा लाग्न जोड समेत दिए ।

कार्यक्रममा खैरहनि नगरपालिकाका कार्यकारी अधिकृत गंगा भुजेल, राष्ट्रपति चुरे संरक्षण चितवनका प्रतिनिधि अर्जुन कुमार श्रेष्ठ, सामुदायिक वन उपभमेक्ता महासंघ चितवनका सचिव भरत ढुङ्गाना लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment