Comments Add Comment

‘लप्पन छप्पन’मा सारी लगाएर रोमान्स गरेकी छैनः बर्षा


भोली शुक्रबारबाट देशभरका हलमा चलचित्र ‘लप्पन छप्पन’ रिलिज हुँदैछ । ७० प्रतिशत दृश्य यूरोपमा खिचिएको यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसको चर्चा बढेको हो ।

मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रलाई डम्बर चन्दले निर्माण गरेका हुन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, बर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय छ । चलचित्रको प्रचारमा यसका मुख्य कलाकार दयाहाङ र सौगात हिडेका छैनन् । तर, अर्का दुई कलाकार अर्पण थापा र बषर्ा सिवाकोटी भने चलचित्रलाई लिएर गम्भिर देखिएका छन् ।

चलचित्रको बारेमा नायक थापा भन्छन्-‘यो एउटा पैसाको खेलमा आधारित चलचित्र हो । पैसा धेरै कमाउने इच्छा भएको एक पात्रले खेल्ने विभिन्न खेललाई मेरो क्यारेक्टरले चित्रित गरेको छ ।’ निर्देशक मुकुन्द भट्ट ट्रेलर चलचित्रको ५ प्रतिशत मात्र भएको बताउँछन् । उनले, कथावस्तु राम्रो भएकाले पनि चलचित्र चल्नेमा विश्वास व्यक्त गरेका छन् ।

यस्तै, नायिका बर्षा सिवाकोटी भन्छिन्-‘यस अगाडि गरेका विभिन्न भूमिका भन्दा मैले यसमा फरक भूमिका गरेकी छु । ग्याङस्टारको कथा भएकाले यसमा मैले सारी लगाएर रोमान्स गरेकी छैन । मलाई टिमले जुन तरिकाले विश्वास गरेको थियो, त्यसमा मैले शतप्रतिशत दिएकी छु । बर्षा ले कुनै चलचित्र चल्नु वा नचल्नुसँग कलाकारको कामको तुलना गर्न नहुने बताइन् ।

कुनै पनि चलचित्र चल्नका लागि एउटी नायिकाको मात्र भूमिका नहुने उनको भनाई छ । दर्शकले काम मन पराउनु आफ्ना लागि सबैभन्दा ठूलो कुरा भएको उनको भनाई छ । ‘लुट २’को मिश्रति समिक्षाले ‘लप्पन छप्पन’लाई खास असर नगर्ने यसको निर्माणपक्षको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment