Comments Add Comment

कोरिया जान साढे ७५ हजार बढीको आवेदन, कृषितर्फ धेरैको आकर्षण

१९ चैत, काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि ७५ हजार ६ सयभन्दा बढी युवाले आवेदन दिएका छन् । कोरियाले यो पटक १० हजार २ सय नेपालीलाई लैजानेछ ।

तर, आगामी जेठ २७ र २८ गते सञ्चालन हुने भाषा परीक्षामा सामेल हुन साढे ७५ हजार बढीको आवेदन परेको छ ।

अहिले आवेदन रुजु गर्ने काम भइरहेको इपीएस कोरिया शाखाले जनाएको छ । गत वर्ष ३५ सयका लागि संख्या ६० हजार परीक्षार्थी सहभागी भएका । तर, यो पटक कोटा बढेका कारण पनि धेरैको आवेदन परेको छ ।

‘गतवर्षभन्दा यो वर्ष १५ हजार बढीको आवेदन परेको छ’ इपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले अनलाइनखबरसँग भने ।

यसपटक अनलाइनमार्फत आवेदन लिइएको थियो ।

कोरिया जानका लागि उत्पादनमूलक समूहमा २४ हजार ३८७ जनाले आवेदन दिएका छन् भने कृषि समूहमा ५१ हजार २२० जनको आवेदन परेको भण्डारीले बताए ।

विवरण सच्याउन पाइने

यो वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ ६ हजार २ सय र उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार कामदार उर्त्तीण हुनेछन् ।

उनले चैत २०देखि अनलाइन आवेदनमा कुनै गल्ति भए सच्याउन सकिने गरी २५ गतेसम्म सुनुवाईको ब्यवस्था गरिएको बताए ।

‘अनलाइन आवेदन दिँदा कुनै विवरण गल्ती भएको भए फोनमार्फत नै सच्याउन सकिनेछ ‘ उनले भने, ‘एमहापी र फोटो एट्याच गर्न छुटेको भए हाम्रो ग्वार्कोसिथ्त कार्यालयमा आएर बुझाउन सकिनेछ ।’

उनले ५ दिनसम्म टेलिफोन नम्बर ०१-५१८६३४९ मा कल गरेर आवदेकको विवरण सच्याउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment