Comments Add Comment

सेती नदीमा डुवेर २ जना वेपत्ता

चैत्र २९, कैलाली । नुहाउँने क्रममा सेती नदिमा डुबेर दुई जनाको मृत्यु भएको दुई साता नबित्दै फेरि दुई जना बेपत्ता भएका छन ।

सेती प्राबिधिक शिक्षालयका भवनहरु मर्मतसम्भारको काम गरिरहेका दुई जना युवक मंगलबार दिउँसो करिव साढे १२ बजे सेती नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

नदीमा नुहाउने क्रममा बेपत्ता हुनेहरुमा महोत्तरी जिल्ला साबिकको बर्दिबास नगरपालिका बस्ने १९ वर्षीय बिशाल श्रेष्ठ र काभ्रे जिल्ला गैरीबिसौनाका २२ वर्षीय कृष्णप्रसाद दङ्गाल रहेका छन ।

बेपत्ता युवकहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक दिलबहादुर कुँवरले जानकारी दिए ।

यसअघि चैत्र १५ र १६ गते नदीमा बेपत्ता भएका दुई युवाहरु चार दिनपछि मृत फेला परेका थिए ।

कैलाली जिल्ला अत्तरिया नगरपालिका-१३ घर भई डोटीको दिपायलमा दिदीलाई भेट्न आएका अन्दाजी १९ वर्षीय निराजन बोहरा र भारतको उत्तर प्रदेश घर भई डोटी बिमानस्थलको स्तरोन्नतीको काममा जेसिबीका सञ्चालक बिनोद कुमार नदीमा नुहाउने क्रममै बेपत्ता भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment