३० चैत, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहाडी र मधेसीबीच द्वन्द्व सृजना गरेर देशलाई टुक्राउने षड्यन्त्र भइरहेको बताएका छन् ।
पोखरामा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले मिलेर बस्नुको विकल्प नभएको बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर ४ मा एमालेले जत्रो सभा कसैले गर्न सक्दैन भनेको भन्दै सम्बोधन सुरु गरेका देउवाले पोखरा आएर कांग्रेसको सभा हेर्न चुनौती दिए ।
देउवाले कांग्रेसलाई विदेशीले पत्याउने र पैसा जुटाउन सक्ने दाबी गरे । माओवादीलाई कसले पैसा दिन्छ भन्दै उनले अघि भने, ‘बृद्धि भत्ता दोब्बर हुन्छ, हुन्छ, हुन्छ ।’
देउवाले स्थानीय चुनावका लागि जिल्लाबाटै उम्मेदवारको नाम पठाउन आग्रह गरे । साथै उनले यो चुनावमा विद्रोह र अन्तरघात गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4