Comments Add Comment

गर्भवतीको भएको पहिलो महिना कस्तो खानेकुरा खाने ?

गर्भावस्थाको पहिलो महिना लगभग हरेक महिला अनजान हुन्छन् । जब मासिक श्राव बन्द हुन्छ, तब मात्र आफ्नो कोखमा गर्भ रहेका छ भन्ने भेउ पाउँछन् । यतिबेलासम्म २ देखि साढे दुई हप्ताको गर्भ रहिसकेको हुन्छ ।

गर्भधारण गरेको प्रारम्भिक तीन महिना एकदमै सावधानी अपनाउनुपर्छ । यसबेला चक्कर लाग्नु, थकान महसुष हुनु स्वभाविक हो । सामन्य अवस्था भन्दा केहि गाह्रो हुन सक्छ । खासगरी यस अवधीमा आफ्नो स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ । यसका लागि खानपानमा ख्याल गर्नुपर्छ ।

१. फोलेटले भरपुर आहार
गर्भवती भएपछि चिकित्सककहाँ सम्पर्क राखिन्छ । चिकित्सकको सुभाव हुन्छ कि, तपाईले फलिक एसिडयुक्त खानेकुरा सेवन गर्नु आवश्यक हुन्छ । यो सहि कुरा हो, यस्तो खानेकुराले तपाईको गर्भमा रहेको भ्रुणको विकास राम्ररी हुन पाउँछ । यदि तपाईले फलिक एसिडयुक्त खानेकुरा सेवन गर्नु भएन भने बच्चाको मस्तिष्कको बिकास हुन पाउँदैन । कतिपय अवस्थमा उनीहरु अपाङ्ग जन्मन सक्छ ।

२. भिटामिन बि-६
गर्भअवस्थाको सुरुवाती दिनमा भिटामिन बि- ६ सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । अन्न, माछा, बदाम आदिमा भिटामिन बि-६ पाइन्छ । यसको सबैभन्दा राम्रो स्रोत केरा हो ।

३.फल
यस अवस्थामा फलको सेवन गर्नुपर्छ । तर, भूँइकटहर, मेवाबाट बच्नुपर्छ । फलफूलमा भिटामिन भरपुर हुन्छ, जसले शरीरमा उर्जा र शक्ति प्राप्त हुन्छ । सुरुवाती अवस्थामा आउनसक्ने कमजोरीबाट यसले बचचाउँछ ।

४. दुधजन्य उत्पादन
ग्र्भावस्थाको पहिलो महिना दुध वा दुधजन्य पदार्थको सेवन गर्नुपर्छ । दही, चिज, पनिरको सेवन पनि लाभदायक हुन्छ । यसबाट तपाईको शरीरमा आवश्यक पोषक तत्व मिल्छ । गर्भवती महिलाले दिनमा एक लिटर दुध पिउनु राम्रो हो ।

५. फलामयुक्त खानेकुरा
गर्भावस्थामा फलामयुक्त खानेकुराको सेवन गर्नुपर्छ । जब शरीरमा फलामको मात्रा पर्याप्त हुन्छ, रक्तसंचार राम्ररी हुन्छ । त्यसैले गर्भवतीको पहिलो चरणमा फलामयुक्त खानेकुराको आवश्यक्ता हुन्छ, जसले तपाई र गर्भको बच्चामा रक्त संचार र शुद्धि होस् । यसका लागि चुकन्दर, ड्राइ फुड्स, पालक आदिको सेवन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment