Comments Add Comment

को हुन् यी, जसले आफुभन्दा ३८ बर्ष पाकासँग अन्तरंग दृश्य दिइन् ?

बिद्या बालन अभिनित ‘बेगम जान’की एक पात्र छिन्, सवनम । टिनएज गर्ल सवनमको भूमिका मिष्टीले निर्वाह गरेकी छिन् । फिल्ममा परिवार गुमाएकी सबनम बेगन जानकी कोठीमा आश्रय लिन पुग्छिन् । यस क्रममा यस्तो समय पनि आउँछ, जब सबनमले बृद्ध राजा (नसीरुद्दीन शाह)सँग अन्तरंग दृश्य दिनुपर्ने हुन्छ ।

घतलाग्दो त के भने, वास्तविक जीवनमा उनीहरुको उमेरअन्तर बाजे-नातिनीको जस्तै छ । नसीरुद्दीन शाह चालिस बर्ष टेक्नै लाग्दा मात्र मिष्टी जन्मिएकी हुन् ।

–    बेगम जानको कथा १९४७ मा भारत र पाकिस्तान बिभाजित हुँदाको हो । यस क्रममा रेड क्लिफ रेखा कोरिएको थियो ।

–    यो रेखा बेगम जान (बिद्या बालन)को कोठीको मध्य भागबाट कोरिएको हुन्छ । तर, बेगम जान आफ्नो कोठी छाड्न चाहदिनन् ।

–    यही गुनासो लिएर बेगम जान त्यहाँका राजा (नसीरुद्दीन शाह)सँग कुरा गर्छिन् । राजा उनको कुरा मान्न राजी हुन्छ । तर, त्यसको बदलामा एउटा सर्त राखिन्छ । सर्त हुन्छ, आफुले सबनमसँग रात बिताउन पाउनुपर्ने ।

–    बेगम जानको लागि अरु बिकल्प हुदैन । त्यसैले उनी नचाहेरै पनि सबनमलाई राजाको कोठामा पठाउन बाध्य हुन्छे ।

को हुन् मिष्टी ?

–    मिष्टी पहिलो पटक लाइमलाइटमा आएकी थिइन्, जतिबेला उनी निर्देशक सुभाष घईको ‘कांची’ फिल्ममा अभिनय गरिरहेकी थिइन् ।

–    २०१४ मा सार्वजनिक भएको यस फिल्मलाई फिल्म समिक्षक र दर्शकको सकारात्मक रेस्पोन्स मिलेको थियो ।

–    खासमा यि अभिनेत्रीको नाम इन्द्राणी चक्रवती हो । मिष्टी नाम उनले सुभाष घईको फिल्म कांचीमा साइन गरेपछि जुराएकी थिइन् ।

–    मिष्टीले कांची र बेगम जानका साथै सेक्स कमेडी ‘ग्रेट ग्रान्ड मस्ती’मा पनि देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment