+
+
Shares

जापानको सरसफाई कार्यक्रममा नेपालीको सहभागिता

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ११ गते १२:१७

२४ अप्रील, जापान । जापानमा रहेका एक दर्जन लायन्स क्लबहरुको आयोजनामा आयोजित फुकुओका सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा फुकुओकाको बिभिन्न क्षेत्रका सड़क पेटीमा जथाभावी छरिएर रहेका फोहोर संकलन,जथाभावी भित्ता,पोलहरुमा पोतिएका रंग मेटाउने कार्य गरिएको थियो ।

उक्त सरसफाई कार्यक्रमा जापानमा रहेको नेपालीहरुको पहिलो लायन्स क्लब नेपाल जापान फेन्डसीप लायन्स क्लबको पनि सक्रिय सहभागिता रहेको थियो।

सरसफाई कार्यक्रममा आफ्नो देशमा बिदेशि नागरिकहरुले यसरी सहभागिता जनाएको भन्दै जापानिज लायन्स कल्बहरुले नेपाल जापान फेन्डसीप लायन्स क्लबको प्रशंसा गरेका थिए ।

बिदेशमा हुने यस्तो महत्वपुर्ण सामाजिक कार्यक्रम आफ्नो लायन्स कल्ब पनि सहभागि हुन पाउदा खुसी व्यक्त गर्दै आउने दिनहरुमा हुने बिभिन्न सामाजिक कार्यक्रममा नेपाल जापान फेन्डसीप लायन्स क्लबको सक्रिय सहभागिता रहने नेपाल जापान फेन्डसीप लायन्स क्लबका अध्क्षयले अर्जुन थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?