+
+
Shares

बैंकको एसएमएसले ब्यवासायी तनावमा, भन्छन् ब्याजदर धान्न गाह्रो भो

‘बेस रेट’ ११ प्रतिशतसम्म

 विजयराज खनाल विजयराज खनाल
२०७४ वैशाख ११ गते १८:११


११  बैशाख, काठमाडौं । पटक–पटक ब्याजदर बढेको एसएमएस बैंकहरुबाट आउन थालेपछि व्यवसायीहरु तनावमा परेका छन् । सोमबार अर्थमन्त्री कृष्णबहादुर महरासँगको एक अन्तरक्रियामा उनीहरुले बैंकहरुको रवैयाप्रति आक्रोश व्यक्त गरे ।

‘बैंकले कर्जाको सम्झौता गर्दा पत्रको खात नै पठाउँछ, तर ब्याजदर बढाउँदा एउटा एसएमएस जारी गरे पुग्ने ?’ नेपाल चेम्बर्स अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले भने, ‘महिनामै पटक–पटक ब्याजदर बढेको एसएमएस पठाउँछन्, कसरी धान्ने ?’ उनले अर्थमन्त्री महरासँग ब्याजदर कम्तिमा पनि ३ देखि ५ वर्ष स्थिर राख्नुपर्ने व्यवस्था मिलाउन आग्रह गरे ।

कार्यक्रममा बोल्ने अधिकांश व्यवसायीहरुले बैंकहरुले ब्याजदर बढाइरहेकोमा तीव्र विरोध गरेका थिए । विरोध गर्नेहरुमा नेपाल हस्तकला महासंघका बरिष्ठ उपाध्यक्ष किरण डंगोल, नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डी अर्याललगायत थिए ।

‘मैले गाडी लिदा ५.५ प्रतिशत ब्याजदरमा लिएको थिए, केही महिनामा नै १४ प्रतिशत पुगेको एसएमएस बैंकहरुले पठाएका छन्, लागत धान्नै गाह्रो भयो,’ एक व्यवसायीले भने ।

यो पनि हेरौं : ऋण लिन बैंक जाँदै हुनुहुन्छ रु १५ प्रतिशतमाथि तिर्न तयार रहनुस् 

बैंकहरुले कर्जा योग्य पुँजी अभाव भएको भन्दै केही महिनाअघि नै मुद्दती निक्षेपमा १२ प्रतिशतसम्म ब्याजदर दिएका थिए । त्यसयता कर्जाको ब्याजदरमा वृद्धि भइरहेको छ । बैंकहरुले भने पुँजीको लागत बढेको कारण देखाउँदै चैतको मध्यबाट नै कर्जाको नयाँ व्याजदर सार्वजनिक गरिरहेका छन् । हाल बैंकहरुले बचतको खातामा समेत ८ प्रतिशतसम्म दिन थालेका छन् ।

बैंकको ‘बेस रेट’ ११ प्रतिशतसम्म

चालु आवको तेस्रो त्रैमाश (चैतसम्म) को वित्तीय विवरण प्रकाशित गरेका अधिकांश बैंकको पुँजी कोष लागत वृद्धि भएर ११ प्रतिशतसम्म पुगेको छ । निक्षेपको लागतमा वृद्धि भएपछि पुँजी कोष लागत बढेको र बैंकको ब्याजदर पनि बढाउन परेको बैंकहरुको भनाई रहेको छ ।

एभरेष्ट बैैंकको गत पुसमा २.७९ प्रतिशतमा रहेको यस्तो लागत चैतमा ४.१८ प्रतिशत पुगेको छ । बैंकले कर्जा दिन आधार मान्ने बेस रेट पनि ५.४८ बाट बढाएर ७.०३ पुर्याइएको छ ।

एनएमबी बैैंकको गत पुसमा ४.०९ प्रतिशतमा रहेको यस्तो लागत चैतमा झिनो अन्तरले बढेर ४.६२ प्रतिशत पुगेको छ । तर बैंकले कर्जा दिन आधार मान्ने बेस रेट भने ७.५४ बाट बढेर ८.९५ पुगेको छ । सानिमा बैैंकको गत पुसमा ४.०९ प्रतिशतमा रहेको लागत चैतमा बढेर ४.६८ प्रतिशत पुगेको छ । तर बेस रेट भने ७.२० बाट बढेर ९.११ पुगेको छ ।

एनआइसी एशिया बैंकको पुँजी लागत बढेर ५.२९ प्रतिशत पुगेको छ भने बेस रेट पुसको ७.५० को तुलनामा बढेर १० पुगेको छ । सिटिजन्स् बैंकको पुँजी लागत बढेर ७.१० प्रतिशत पुगेको छ भने कर्जा दिँदा आधार मानिने बेस रेट १०.०३ पुगेको छ ।

वाणिज्य बैंकहरुको मात्र नभई बिकास बैंक र फाइनान्सको पनि पुँजी लागत र कर्जाको ब्याजदरमा उच्च वृद्धि देखिएको छ । सगरमाथा फाइनान्स, मुक्तिनाथ बिकास बैंक, युनाइटेड फाइनान्स र मितेरी डेभपमेन्ट बैंकको पुँजी लागत ६.९१ प्रतिशत देखि ८.४० प्रतिशतसम्म र सबैको बेस रेट ११ प्रतिशत नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?