१७ बैशाख, काठमाडौ । लोडसेडिङ अन्त्य भएको भनिएको काठमाडौं उपत्यकाको मध्यबानेश्वर क्षेत्रका बासिन्दाले १७ घण्टासम्म अन्धकारमा बस्नु परेको छ । शनिबार दिउँसो ३ बजेदेखि आइतबार बिहान सवा ९ बजेसम्म बिजुली गयो ।
बत्ति नहुँदा मध्यबानेश्वरसहित गौशाला, अनामनगर र घट्टेकुलोका केही स्थानका बासिन्दा मर्कामा परेका थिए । तर, आइतबार बिहान सवा नौ बजेतिर बिजुली आएपछि सो क्षेत्रका बासिन्दाले राहत महसुस गरेका छन् ।
धोबिखोला क्षेत्रमा भूमिगत केबुल लाइनमा सट भएर विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण पुरानोबानेश्वर कार्यालयका निमित्त प्रमुख मनोज झाले जानकारी दिए ।
हिजो बत्ती जानेबित्तिकै समस्या पत्ता लगाउन प्राविधिकसहितको कर्मचारी खटिएका थिए । ‘हिजो निरन्तर पानी परिरहेकाले बनाउन सकिएको थिएन । शनिबार बिहान सवा नौ बजेदेखि बिजुली चालु भएको छ,’ झाले भने ।
बिहान मर्मत गरिसकेर लाइन छाड्दा पिन पड्किएको थियो । त्यसलाई फेर्न थाल्दा केही समय लागेको उनले बताए ।
प्रतिक्रिया 4