Comments Add Comment

यी हुन् बलिउडमा सानदार इन्ट्री मारेर असफल भएका नायिका


बलिउडमा लामो समयसम्म टिक्न सजिलो छैन । केही नायक र केही नायिका बाहेक अधिकांशको बलिउड सपना मात्र बन्छ । एकाध चलचित्रमा काम गर्छन् र हराउँछन् धेरै अनुहार ।

नायिका दीया मिर्जाले बलिउडमा सानदार इन्ट्री गरिन् । सन् २००२ मा उनले ‘रहना हे तेरो दिल मे’ नामक चलचित्रबाट बलिउडमा प्रवेश गरिन् । उनले यो चलचित्रबाट डेब्यू नायिकाको अवार्ड पनि पाइन् । तर, उनले बलिउडमा त्यस्तो गतिलो भाग्य चम्काउन सकिनन् । सन् २०१४ मा उनले निर्देशक साहिल सिंगासँग बिहे गरिन् र बलिउडबाट टाढा भइन् ।

उनीमात्र होइन, बलिउडमा केही यस्ता नायिका पनि छन् जसको करिअर सुरुवातमा धमकेदार भयो, तर पछि पूर्ण असफल । सन् २००४ मा ‘मिस इन्डिया’को ताज तिजेपछि तनुश्री दत्ताले सन् २००५ मा ‘आशिक बनाया आपने’ चलचित्रबाट बलिउडमा बोल्ड प्रवेश पाइन् । यसपछि, उनले केही चलचित्रमा काम गरेपनि असफल भइन् । उनी, सन् २०१० मा ‘अपार्टमेन्ट’ नामक चलचित्रमा देखिएकी थिइन् । यसपछि उनलाई कसैले पनि पत्याएन ।

सन् २००१ मा ‘मिस इन्डिया’को उपाधी पाएपछि नायिका सेलिना जेट्लीले फरदिन खानसँग चलचित्र ‘जानशीन’मा पहिलो पटक काम गरिन् । उनको बलिउडमा विकिनी गर्लको इमेज नै बन्यो । यसपछि, उनको करिअर पनि बलिउडमा खासै सुखद बन्न सकेन ।

नायिका नेहा धुपियाको करिअर पनि बलिउडमा चम्किएन । उनले पहिलो चलचित्र ‘कयामत’बाट बलिउडमा पाइला राखेकी थिइन् । ‘जुली’ नामक चलचित्रमा उनको बोल्ड सिनले खुबै चर्चा पायो । तर, अहिले नेहा बलिउडबाट हराए जस्तै छिन् ।

चलचित्र ‘ख्वाहिस’बाट बलिउडमा पाइला राखेकी नायिका मल्लिका सेरावतको पनि करिअर गतिलो बनेन । उनले, चलचित्र ‘मर्डर’मा पनि काम गरिन् । बलिउडमा, विकिनी नायिकाको रुपमा चिनिएकी मल्लिकाको करिअर पनि स्क्यान्डलमा बढी वित्यो ।

नायिका उदिता गोस्वामीको करिअर पनि खासै सन्तोषजनक भएन । सन् २००३ मा ‘पाप’ नामक चलचित्रबाट उनले बलिउडमा प्रवेश पाइन् । यो चलचित्रमा उनको बोल्ड सिनको चर्चा बढी भयो । तर, उनी पनि लामो समयसम्म बलिउडमा टिक्न सकिनन् ।

नायिका, अमृता राव पनि बलिउडमा असफल नायिकाको सूचीमा पर्छिन् । सन् २००२ मा ‘अब के बरस’बाट करिअर सुरु गरेकी उनले ‘विवाह’ जस्तो संझनलायक चलचित्रमा त काम गरिन् । तर, यसपछि भने उनले त्यस्तो गतिलो चलचित्र पाइनन् ।

यसरी, बलिउडमा पाइला राख्दै गर्दा धेरै नायिकाले राम्रै चर्चा त पाएका हुन्छन् । तर, करिअरलाई सही तरिकाले डोर्‍याउन नसक्दा उनीहरु छोटो समयमा नै हराउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment