+
+
Shares

घरमा अागलागी हुँदा बृद्धाको मृत्यु

रासस रासस
२०७४ वैशाख १८ गते १५:२८

१८ वैशाख, दाङ । दाङको दूधरासमा एउटा घरमा आगो लाग्दा एकजना   जेष्ठ नागरिककाे मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१८ दूधरासको मनिकापुरस्थित बुद्धिबल गुरुङको घरमा आगो लाग्दा उनकी ६५ वर्षीया श्रीमती दिलमाया गुरुङको  मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार एकाएक घरमा आगो लागेपछि घरभित्र रहेकी दिलमाया गुरुङभित्रै थुनिएकाले उनको जलेर मृत्यु भएको हो ।

साेमबार बिहान १० बजेतिर खाना पकाउँदै गर्दा ग्याँस सिलिन्डर चुहावट भएकाले त्यसैबाट घरमा आगो लागेको स्थानीय विवेक वलीले जानकारी दिए ।

वलीका अनुसार ग्यासमा आगो सल्किएपछि घरभित्र कोही प्रवेश गर्न सक्ने अवस्था रहेन र उनको त्यही जलेर मृत्यु भएको हो । आगोले घरभित्रका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जानएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?