Comments Add Comment

किशोर/किशोरीलाई कसरी अभिभावकत्व दिने ?

कसरी हुर्कदै गएको छोराछोरीलाई संस्कार सिकाउने, सही मार्गदर्शन दिने भन्ने कुरामा अहिलेका अभिभावक त्यती घोत्लिएका पाइदैन । बच्चाले तोतो बोली बोल्न र समन्य हिँडडुल गर्न सक्ने भएपछि प्ले गु्रप, नर्सरीमा लगेर छाडिदिने चलन व्यापक बन्दै गएको छ । यसले गर्दा बच्चाहरु पारिवारिक संस्कार, परम्पराबाट बिमुख हुँदै गएका छन् ।

विगतमा संयुक्त परिवार हुन्थ्यो । हजुरआमा-हजुरबुवाको सामिप्यमा बच्चाहरु हुर्कन्थे । उनीहरुले थाहै नपाई पारिवारिक महत्व, संस्कार सिक्थे । के सहि, के गलत भन्ने कुरा बुझ्थे । तर, अहिले एकल परिवार र व्यस्त आमाबुवाको कारण बच्चाहरु एक्लिदै र संस्कारहिन हुँदै गएका छन् । जब उनीहरु किशोरवयमा पुग्छन्, त्यसको नकारात्मक प्रभाव देखिन थाल्छ । उनीहरुलाई कसरी सहि बाटोमा डोहोर्‍याउने त ?

कसरी दिने अभिभावकत्व ?

–     छोराछोरीले गलत व्यवहार गर्ने, अपशब्द बोल्ने, उल्टो जबाफ दिने गर्न थाल्यो भन उनीहरु गलत संगतमा हुनसक्छ । त्यसैले उनीहरुमाथि अभिभावकले निगरानी गर्नुपर्छ ।

–     आफ्नो तनाव छोराछोरीमा देखाउनु हुँदैन । यसले उनीहरुको व्यवहार पनि रुखो हुँदै जान्छ ।

–     आपसी मतभेत, दुखेसो छोराछोरीको अगाडि पोख्नु हुँदैन । उनीहरुको अगाडि झगडा नगरौं । किनभने अभिभावको यस किसिमको व्यवहारले उनीहरुलाई असुरक्षित महसुष हुन्छ ।

–     छोराछोरीलाई माया दर्शाउनु स्वभाविक हो । तर, उनीहरुले कुनै गलत काम गरेको छ भने त्यसमा छुट दिनु सहि होइन ।

–     आमाबुवाको डरले छोराछोरीहरु झुटको साहारा लिन्छन् । पछि यो उनीहरुको प्रवृत्ति नै बन्छ । त्यसैले उनीहरुमा सत्य कुरा बोल्ने वातावरण बनाइदिनुपर्छ ।

–     जब छोराछोरीले कुनै गल्ती गर्छ, त्यसको बदलामा कुट्ने, गाली गर्ने भन्दा स्वस्थ्य ढंगले बातचित गर्नुपर्छ ।

–     छोराछोरीले किन झुट बोल्दैछ कारण खोतल्नुपर्छ । अभिभावक, शिक्षक वा साथीभाईको कारणले पनि उनीहरु झुट बोल्न बाध्य हुन्छन् ।

–     इमान्दारी, सत्यताको शिक्षा दिनुपर्छ ।

–     बच्चालाई परिवारको महत्व बुझाउनुपर्छ । उनीहरुलाई पारिवारिक संस्कार पनि सिकाउनुपर्छ ।

–     कुनैपनि सांस्कृतिक पर्व, उत्सवहरुमा उनीहरुलाई सामेल गराउनुपर्छ र त्यसको व्यवहारिक, सामाजिक महत्वबारे बुझाउनुपर्छ ।

–     कहिले कहिं छोराछोरीलाई बुढापाका, आफन्तकहाँ लगेर उनीहरुसँग बोल्न, कुराकानी गर्न प्रेरित गर्नुपर्छ ।

–     छोराछोरीले घरमा आफ्नो साथीलाई ल्याउन सक्छन् । छोराछोरीको साथीसँग आमाबुवाले सौहार्द्धपूर्ण व्यवहार गर्नुपर्छ ।

–     आफन्त, परिवारका सदस्यहरुसँग प्रेममय सम्बन्ध स्थापित गर्नका लागि छोराछोरीलाई प्रेरित गर्नुपर्छ ।

–     आफ्नो पूख्र्यौली घरमा लगेरस घर व्यवहारको काम सिकाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment