Comments Add Comment

चक्कर किन लाग्छ ? यस्तो छ घरेलु उपचार

चक्कर लाग्नु आम समस्या हो । कहिले कहिं चक्कर लाग्नु सामन्य हो । कमजोरी, अनिन्द्रा जस्ता कारणले क्षणिक रुपमा चक्कर लाग्न सक्छ । तर, पटक पटक चक्कर लाग्छ भने त्यसलाई सामन्य रुपमा लिनु हुँदैन ।

चक्कर किन आउँछ ?

–   चक्कर लाग्नुको प्रमुख कारणमा रगतमा शुगरको स्तरमाच गिरावट, शरीरमा रगतको कमी, रक्तचाप आदि हुन् ।

–   अत्याधिक मानसिक वा शारीरिक परिश्रमबाट उत्पन्न थकान, मानसिक तनाव, भय, टाउकोमा चोट, मुटुमा अवरोध, असामन्य हृदयको धड्कन, कानमा भाइरल संक्रमण, आँखाको कमजोरी जस्ता कारणले पनि चक्कर लाग्न सक्छ ।

–   मस्तिष्कमा रगतको कमी, नसा फुट्नु, ब्रेम ह्म्याब्रेज, ब्रेन ट्युमर, खाद्य पदार्थ, औषधीको एलर्जी, माइग्रेन, शारीरिक दुर्बलता, मादक पदार्थ वा नसालु चिजको सेवनले पनि चक्कर लाग्छ ।

–   गर्भावस्थामा निम्न रक्तचाप, थाइराइड, मासिक धर्मको कारणले चक्कर लाग्छ ।

–   वान्ता, कब्जियत, ज्वरो जस्ता कारणले चक्कर लाग्छ ।

–   शरीरमा नुनको मात्रा कम हुँदा चक्कर लाग्छ ।

–   गर्भवती महिलामा रगतको कमीले चक्कर लाग्छ ।

चक्कर लाग्ने लक्षण

–   टाउको चर्कनु, शरीर अनियन्त्रित भएको अनुभूति, आँखा धमिलो देख्नु, अध्याँरो छाउनु, अनुहार फिका हुनु, शरीर चिसो हुनु ।

–   शारीरिक कमजोरी महसुष हुनु, चक्कर लागेर लड्नु, वान्ता हुनु, बोल्नुमा कठिनाइ हुनु आदि ।

के छ घरेलु उपचार ?

– घिउमा ५० ग्राम किसमिस हल्का आँचमा पकाएर स्वाद अनुसार नुन मिसाउने । त्यसलाई दिनमा तीन पटक सेवन गर्नुपर्छ ।

–   एक चम्चा तुलसीको रसमा २ वटा मरिच पिसेर विहान विहान सेवन गर्नुपर्छ ।

–   यदि तपाईलाई गर्मीको कारणले चक्कर लागेको छ भने अमला र दाना धनिया पिसेर एक रात पानीमा भिज्न दिने । बिहान यसलाई छानेर पिउनुपर्छ ।

–   बदामलाई मिश्रीमा मिसाएर काँचो दुधमा खाली पेट सेवन गर्नुपर्छ ।

के खाने ?

– सात्विक, सुपाच्य भोजन समयमै गर्ने ।

–   कमजोरीले चक्कर लागेको छ भने एक कप पानी वा दुधमा एक चम्चा ग्लुकोज घोलेर पिउने ।

–   अमलाको सर्वत पिउने ।

–   धेरै मसलेदार, चिल्लो खानेकुरा सेवन नगर्ने ।

–   एलोपेथिक औषधी आफुखुसी सेवन नगर्ने ।

–   हरेक दिन ७ गिलास पानी पिउनुहोस् ।

चक्कर लाग्छ भने के गर्ने ?

–   पटक-पटक चक्कर आउँछ भने घर बाहिर एक्लै नहिँड्नहोस् । अग्ला-होचो, अध्याँरो स्थानमा हिँडडुल नगर्नुहोस् ।

–   चक्कर आउनसाथ आरमसाथ बस्नुहोस् । सुविधा हुनसाथ ओछ्यानमा सुत्नुहोस् । आँखा बन्द गर्नुहोस् ।

–   निदाउने कोसिस गर्नुहोस् । पर्याप्त निन्द्रा लिनुहोस् ।

–   नियमित रुपले व्यायाम, योगासन गर्नुहोस् ।

–   चक्कर आयो भने विस्तारै विस्तारै गहिरो सास लिनुहोस् ।

–   चिया, चुरोटको सेवन नगरौं ।

–   मोटरसाइकल, गाडी, स्कुटर नचलाउने ।

–   चक्कर आउनसाथ कुनै शारीरिक गतिविधि नगर्नुहोस् । किनभने त्यसले उच्च रक्तचाप बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment