+
+
Shares

कास्कीमा ७५ प्रतिशतले मात्र लिए मतदाता परिचय पत्र

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ वैशाख ३० गते १६:००

३० बैशाख, पोखरा । देशकै ठूलो महानगर रहेको कास्की जिल्लामा ७५ प्रतिशतले मात्र मतदाता परिचय पत्र लिएका छन् । मतदाता परिचय पत्र बाँड्न तोकिएको समयअवधीको शनिबार अन्तिम दिनसम्ममा पोखरा लेखनाथ महानगरसहित अन्नपूर्ण, माछापुच्छ्रे, रुपा र मादी गाउँपालिकामा ७५ प्रतिशत मतदाताले मतदाता परिचय पत्र लगेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

यद्यपि मतदाता परिचय पत्र मतदान हुने दिन आईतबार पनि वितरण गरिने निर्वाचन कार्यालयले बताएको छ । यसअघि शनिबारसम्म मात्रै मतदाता परिचय पत्र वितरण गर्ने भनिएको थियो । तर, मतदाता परिचय पत्र सोचे भन्दा कमले लगेपछि निर्वाचन कार्यालयले यस्तो निर्णय गरेको हो ।

कास्कीमा २ लाख २४ हजार ८ सय ११ जना मतदाता रहेका छन् त्यसमध्ये महिला मतदाता १ लाख २० हजार २ सय ३० छन् भने पुरुष १ लाख ४ हजार ५ सय ७६ छन् ।

पोखरा लेखनाथ महानगरपालिकामा १ लाख ६८ हजार ६७ जना मतदाता छन् भने ९८ वटा मतदान स्थल र २ सय १० मतदान केन्द्र छन् ।

समग्र कास्कीमा १ सय ५० मतदान स्थल र कास्कीमा २ सय ८८ मदतान केन्द्र रहेका छन् । यस्तै, अन्नपूर्णमा १५ स्थलमध्ये २१ मतदान केन्द्र, माछापुच्छ्रेमा १२ स्थलमा २१ केन्द्र, मादीमा १७ स्थलमा २१ केन्द्र र रुपामा ८ स्थलमध्ये १५ मतदान केन्द्र कायम गरिएको छ ।

मतदाता परिचय पत्र नलिएकाले आईतबार नै लिन सक्ने र उतिबेलै मतदान गर्न पाउने निर्वाचन कार्यालय कास्कीले बताएको छ । मतदाता परिचय पत्र लिनको लागि मतदाता सूचीमा आफ्नो नाम भएको व्यक्तिले नागरिकताको प्रमाणपत्र, २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमति पत्र, जग्गाधनी दर्ता प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र लिएर गएमा तुरुन्त पाउने व्यवस्था मिलाइएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।

यसैबीच कास्कीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । सबै मतदान स्थलमा मतदानको लागि आवश्यक सबै तयारी पूरा भएको सुबेदीले बताए । मतदानका लागि लाईन बस्न सजिलो होस् भनेर डोरी बाँधेर ब्यबस्थापन गरिएको छ ।

मतदानको समयमा कुनै पनि अपि्रय घटना नहोस् भन्नका लागि सुरक्षा ब्यबस्था कडा बनाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?