Comments Add Comment

यी पाँच काम बच्चाको अगाडि गर्नुहोस्

आफ्ना आमाबुवा जे गर्छन्, बच्चाले त्यसैको सिको गर्छन् । भनिन्छ, बच्चाले आमाबुवालाई आफ्ना आदर्श ठान्ने गर्छन् । आमाबुवाले जे गर्छ, त्यो सहि र राम्रो भन्ने उनीहरुको मनोविज्ञान हुन्छ । त्यसैले बच्चाको अगाडि यस्तो व्यवहार गर्नुपर्छ, जो उनीहरुका निम्ति अनुसरणयोग्य होस् ।

१. पार्टनरसँग सम्मानजनक व्यवहार

आफ्नाा पार्टनरप्रति नकारात्मक टिप्पणी गर्ने, होच्याउने जस्ता गतिविधिको सोझो असर बच्चामा पनि पर्छ । आमाबुवा नै आपसमा होच्याउने, हेला गर्ने गर्छन् भने बच्चाले उनीहरुमाथि सम्मानजनक दृष्टिकोण राख्दैनन् । ठूलालाई आदर वा सम्मान गर्नुपर्छ भनेर मात्र पुग्दैन, त्यसका लागि आफु स्वंम उदाहरण बन्नुपर्छ । यसका लागि पार्टनरले एकअर्कासँग सम्मानजनक व्यवहार गर्नुपर्छ ।

२. संघर्ष गर्नु

जिन्दगी चलाउन सजिलो मात्र छैन । विभिन्न अप्ठ्यारा पनि आइलाग्छन् । परिवारका समस्या, अप्ठ्याराहरु बच्चालाई पनि अवगत गराउनुपर्छ । साथसाथै, त्यस्ता अप्ठ्यारामा कसरी अगाडि बढ्ने, कसरी समाधान खोज्ने भन्ने कुरा पनि सिकाउनुपर्छ । यसले उनीहरुलाई संघर्ष गर्न सिकाउँछ र व्यवहारिक रुपले बाँच्न पनि ।

आफ्नो पुस्ता मिलाउने, खेलौना मिलाएर राख्ने, व्याग वा कपी, पेन्सिल राख्ने काम बच्चालाई नै  गर्न दिनुपर्छ । यसले पनि उनीहरुमा काम गर्ने बानीको विकास हुन्छ ।

३.  हार्न पनि सिकाउने

बच्चालाई हामी जित्न प्रेरित गर्छौ, हरेक कुरामा सफल भएको हेर्न चाहन्छौं । तर, जीवनमा सधै सफलता मात्र हात लाग्दैन । जतिसुकै संघर्ष गरेपनि, जतिसुकै प्रयास गरेपनि कहिले कहिं नतिजा सोचेजस्तो आउँदैन । त्यस्तो बेला के गर्ने ?

बच्चालाई सिकाउनुहोस् कि, हार्न पनि । कुनैपनि कुरामा असफलता हुँदा कसरी धैर्यता अपनाउने र आफ्नो आत्माविश्वास, उर्जा नगुमाउने भन्ने कुरा सिकाउनुहोस् । सधै जित्न मात्र प्रेरित गर्दा बच्चाले जब कुनै असफलता पाउँछ, एकदमै हतोत्साही हुनसक्छ । त्यसैले यस्ता खतराबाट बचाउनका लागि बच्चालाई हार्न पनि सिकाउनुहोस् ।

४. अरुको नकारात्मक कुरा नगरौं

बच्चाको अगाडि अरुको नकारात्मक टिप्पणी गर्नु एकदमै हानिकारक हुन्छ । छिमेकी वा परिवारका सदस्यमाथि हामीले गर्ने टिका टिप्पणीको कारण बच्चामा उक्त व्यक्तिलाई हेर्ने दृष्टिकोण बद्लिन्छ । यसले उनीहरुमा सानैदेखि नकारात्मक धारणा विकास हुन्छ । अरुको कुरा काट्ने, नकारात्मक टिप्पणी गर्ने, दोष लगाउने जस्ता बानी बिकास हुन्छ । यदि बच्चालाई असल व्यक्ति बनाउन चाहनुहुन्छ भने यस्ता कुराबाट अलग राख्नुहोस् । बरु, अरुको सकारात्मक कुरा गर्नुहोस्, जसबाट बच्चाले केहि कुरा आर्जन गर्न सकोस् ।

५. संस्कार सिकाउनुहोस्

संस्कारले मानिसलाई सहि बाटोमा डोहोर्‍याउँछ । पथभ्रष्ट हुन दिदैन । त्यसैले सानै उमेरदेखि बच्चालाई संस्कार सिकाउनुहोस् । परिवारमा कसरी मिलेर बस्ने, कसलाई कस्तो व्यवहार गर्ने, के गर्ने, के नगर्ने जस्ता संस्कार दिनुहोस् । यससँगै स्वस्थ्य जीवनयापनमा अभ्यस्त गराउनुहोस् । योग गर्ने, व्यायाम गर्ने बानी सानैदेखि लगाउनुपर्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment