+
+
Shares

भरतपुरको उपमेयरमा कांग्रेसकी पार्वतीको जित सुनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १४ गते १७:२२

१४ जेठ, चितवन । भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाहको जित सुनिश्चित भएको छ ।

भरतपुरको दुई वडा १९ र २० को मत गणना गर्न बााकी छ । वडा नम्बर १९ मा २ हजार ८६० र २० मा ३ हजार ३०२ मा मत खसेको छ ।

तर, कांग्रेस उम्मेदवार शाहले ६ हजार ३ सय बढीको अग्रता लिइसकेकी छन् । अब बााकी भोट सबै एमाले उम्मेदवारको पक्षमा गएपनि उपमेयरमा कांग्रेस उम्मेदवार शाह नै विजयी हुनेछन् ।

पछिल्लो मत परिणामअनुसार शाहले ४४ हजार ७९ मत पाएकी छन् भने एमाले उम्मेदवार दिव्या शर्मा आचार्यको ३७ हजार ६८० मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?