+
+
Shares

मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता धरौटीमा छुटे

सुवास पण्डित सुवास पण्डित
२०७४ जेठ १८ गते १६:२२

१८ जेठ, चितवन । भरतपुर महानगरपालिकामा च्यातिएको मतपत्रबारे के गर्ने भन्ने निर्णय नहुँदै मतपत्र च्यात्ने दुई जना माओवादीका कार्यकर्ता धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत चितवनले जेठ १४ गते मध्यरात मतगणना भइरहेका बेला मतपत्र च्यातेको अभियोगका पक्राउ गरेका माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण सिवाकोटीलाई जनही १ लाख धरौटीमा रिहा गरेको हो ।

उनीहरुलाई प्रहरीले मतगणनास्थलबाटै पक्राउ गरेको थियो । न्यौपाने वाइसीएलका जिल्ला अध्यक्ष हुन् भने शिवाकोटी महाधिवेशन आयोजक समिति सदस्य हुन् ।

न्यायधीश बासुदेव पौडेलको इजलासले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा १६ माको उपदफा २ बमोजिम धरौटीमा छाड्न आदेश दिएको दालतका निमित्त श्रेष्तेदार धनिप्रसाद चापागाईले जानकारी दिए । मतगणना भइरहेको अवस्थामा मतपत्र नै च्यात्ने र जवरजस्ती गर्नेलाई एक लाख रुपैयाँ जरिबाना र २ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?