Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः एमाले अवरोधले प्रधानमन्त्री निर्वाचन अन्योलमा

१९ जेठ, काठमाडौं । चितवनको भरतपुरमा स्थगित मतगणना पुनः सुरु हुनुपर्ने माग राख्दै एमालेले व्यवस्थापिका संसद् अवरुद्ध गर्दा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रभावित बनेको छ । आज प्रकाशित अधिकांश पत्रपत्रिकहरुले यो विषयलाई पहिलो पृष्ठमा लेखेका छन् । पत्रपत्रिकाहरुले भारतीय डिएसपीसहितको टोलीले डोटीमा एक नेपालीको अपहरण प्रयास गरेको खबरलाई पनि उत्तिकै स्थान दिएर छापेका छन् । जनप्रतिनिधिको तलबभत्ता अझै टुंगो नलागेको, १५ दिनपघि देशैभर औषधि अभाव हुनेलगायतका खबरलाई आजका पत्रपत्रिकाहरुले स्थान दिएका छन् ।

नयाँ पत्रिका दैनिकले सरकार गठन गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको तयारीको विषयलाई मुख्य खबर बनाएर छापेको छ । नयाँ पत्रिकाले नेपाली अपहरण गर्न खोज्ने भारतीय प्रहरी पक्राउ परेकोदेखि १५ दिनपछि देशैभर औषधि अभाव हुनेसम्मका खबरलाई पहिलो पृष्ठमा स्थान दिएको छ ।

भरतपुर महानगरपालिकाको मतगणना विवादलाई मुख्य खबर बनाएर लेखेको नागरिक दैनिकले परराष्ट्रमा सरकारी गाडीको व्यापक दुरुपयोग भएको विषय उठाएको छ ।

अन्नपूर्ण पोस्टमा जनप्रतिनिधि तलब भत्ताको विषय अझै टुंगो नलागेको, न्यायपरिषद् बैठक अनिश्चित भएकोदेखि ३४ हजार हतियार सम्पर्कबाहिर रहेकोसम्मको खबर छ ।

कान्तिपुर दैनिकले प्रधानमन्त्री निर्वाचन अन्योलमा परेको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment